गोरखा समाचारदाता
पुस १८ गते । बुढिगण्डकी जलविद्युतआयोजनाको डुबान क्षेत्रका भूकम्पपिडित संग छलफल गर्न पुननिर्माण प्राधिकरणको एक टोली आरुघाट पुगेको छ ।
प्राधिकरणका कार्यकारी समितिका सदस्य डा.हरिराम पराजुली नेतृत्वको उक्त टोलीले सोमबार आरुघाट क्षेत्रमा देखिएको पुननिर्माण सम्बन्धि समस्याकाबारेमा स्थानीयजनप्रतिनिधि, सो क्षेत्रमा खटिएका इन्जिनियर प्राविधिक र स्थानीयहरुसंग छलफल गरेको टोलिमा सहभागी राष्टिूय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिकानिमित्तप्रमुखशिवलालपौडेलले जानकारी दिए ।
‘हामी डुबान क्षेत्रकाभुकम्प पिडितको समस्याबुझ्न फिल्डमा छौ, कार्यकारी समितिको सदस्यज्यूले पिडितका समस्याबारे जानकारी दिइरहनुभएको छ’ उनले भने । छलफलका क्रममा डुबान क्षेत्रकाभूकम्प पिडितहरुले बुढिगण्डकी आयोजना र सरकार दुबैले आफूहरुलाई अन्यौलमा राखेको भन्दै अहिलेसम्म सरकारले दिने भनेको अनुदान समेत नपाएको गुनासो गरेकाथिए ।
आयोजनानिर्माणको ग्यारेण्टी गरी सोे क्षेत्रकाभूकम्प पिडितहरुका लागीपहिले अस्थायी बासको व्यवस्थागर्न र दिर्घकालिन रुपमापुर्नवासको टुङ्गो लगाउनपनिउनिहरुले माग गरेका छन् । छलफलमा सहभागीप्राधिकरणका कार्यकारी सदस्य पराजुलीले प्राधिकरण सो क्षेत्रका भूकम्पपिडितको समस्याबारे चिन्तित रहेको भन्दै अस्थायी आवासको लागी यथाशिघ्र अनुदानउपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेकाथिए ।
‘हामीतपाइहरुको समस्यामाअत्यान्तचिन्तित छौ, सोहीकारण छलफल गर्न यहाँआएकाहौं, अबतपाइहरुको समस्या समाधान हुन्छ’ पराजुलीले भने । सहरी आवास तथाभवन डिभिजनले अस्थायी संरचनाको डोूइङ डिजाइन तयार नगरेकाले पनि डुबान प्रभावित भूकम्पपिडितलाई अनुदानउपलब्ध गराउन समय लागेको उहाँले बताउनुभयो ।
अहिले आवश्यक सबै तयारी भइसकेकाले केहि दिनमै अनुदानउपलब्ध गराउने उहाँको दाबी छ । भोलिउक्त टोलिले बोर्लाङ्ग, नामजुङ्ग, दर्बुङ्ग लगायतका ठाँउका स्थानीयसंग छलफल गर्ने कार्यक्रम छ ।


