गोरखा समाचारदाता
सुलिकोट गाउँपालिका वडा नम्बर ३ स्वाँराको ठोटनेरीमा आयोजित सांस्कृतिक तथा खेलकुद कार्यक्रम सकिएको छ । उलाजुङ्ग एकता युवाक्लवको आयोजनामा १४ गते बाट सुरु भएको उक्त कार्यक्रममा महिला तथा पुरुष खुल्ला प्रतियोगिता, गुरुङ समुदायको सस्कृतिक झल्कने खालका विभिन्न सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको सुलिकोटबाट सलिना गुरुङले जानकारी दिइन ।
क्लवका उपाध्यक्ष गणेशमान गुरुङको अध्यक्षता तथा गोरखा क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ का सांसद प्रकाशचन्द्र दवाडीको प्रमुख आतिथ्यतामा आईतबार कार्यक्रमको समापन गरिएको हो । कार्यक्रमलाई संबोधन गर्दै सांसद दवाडीले सस्कृतिक संरक्षण सँगै खेल प्रतिभा प्रस्फुट गराउन उजाजुङ युवा क्लवले सरानिय काम गरेको बताए ।
देश विकासको जिम्मेवारी अब युवाहरुको काँधमा आएको भन्दै उनले सस्कृति र परम्पराको संरक्षण गरि देश विकासमा लाग्नयुवाहरु नै अग्रसर हुनुपर्ने बताए । सोही अबसरमा भएको महिला तथा पुरुष खुल्ला भलिबल प्रतियोगिता का बिजेता क्लवहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।
१९ टिम सहभागी प्रतियोगितामा सौरपानीका क्लवहरु हावी भएका छन् । जस अनुसार पुरुष खुल्ला भलिबलतर्फ साझा युवा क्लव सौरपानी जौवारी पहिलो, सौरपानी युवा क्लव सौरपानी दोश्रो, बर्दी डाँडा युवा क्लव सौरपानी भण्डारी गाउँ तेश्रो भएका छन् । त्यसै गरी महिला तर्फ मिलन युवा क्लव सौरपानी भण्डारी गाउँ पहिलो, फुन्चोक युवा फुन्चोक दोश्रो र थानीथान युवा क्लव थानीथान तेश्रो भएको गुरुङले जानकारी दिइन् ।


