गोरखा समाचारदाता
पुस १६ गते । जिल्लाका दुई महिला प्रदेश सभा ४ का लागि समानुपाती सांसदमा सिफारिस भएका छन् । नेपाली कांग्रेस र नयाँ शक्तिबाट एक/एक जना महिला प्रदेश सभा सदस्यमा सिफारिस भएका हुन् ।
कांग्रेसले महिला मनकुमारी गुरुङलाई र नयाँ शक्तिले धनमाया पोखरेल लामालाई दुई दलले सामानुपातीक सदस्यमा छनौट गरेका छन । अन्य दलको समानुपातीक कतर्फ प्रदेश सभा सदस्यमा भने गोरखाबाट कोही परेका छैनन् । प्रतिनीधि सभा सदस्यामा भने माओवादीले हितराज पाण्डेलाई सिफारिस गरेको छ ।
नयाँ शक्तिले सात वटा प्रदेश मध्ये प्रदेश नम्बर चारमा मात्र निर्वाचन आयोगले तोकेको थ्रेस होल्ड कटाएको हो । सोही अनुसार उसले चार नम्बर बाट मात्रै एक सिट समानुपाती प्रदेस सभा सदस्य पाएको छ । दलको सिफारिसमा परेका प्रदेश सभा सदस्य मनकुमारी गुरुङ र धनमाया पोखरेल लामा दुबै गोरखा क्षेत्र नम्बर २ का हुन् । प्रतिनिधी सभा सदस्यको समानुपातीकमा माओवादी केन्द्रबाट छनौटमा परेका पाण्डे पनि गोरखा २ कै हुन् ।


