गोरखा समाचारदाता
गुरुङ (तमु) समुदायले पन्घ्र पुस तथा ल्होसार पर्व धुमधामका साथ मनाएका छन् । गुरुङ पात्रो अनुसार जम्मा १२ बर्षको एक वर्ग चक्र हुन्छ । हरेक वर्ष मुसा, गाइ, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बादर, चरा, कुकुर र मृग वर्ग फेरिन्छ ।
यस पटक चरा वर्गबाट कुकुर वर्गमा प्रवेश गरेको अवसरमा तमु खि ल्होसार मनाइएको हो । जिल्ला सदरमुकाममा पनि यहाँका तमुहरुले ल्होसार भब्यरुपमा मनाएका छन् । तमु ह्युल छो धीको आयोजनामा जिल्ला सरमुकामको हरमटारीमा विभिद्य सास्कृतिक कार्यक्रम समेत गरिएको थियो ।
गुरुङ भेष भुषमा सझिएका कलाकारहरुले विभिन्न सास्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए । यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको गोरखा र छिमेकी जिल्लाहरु लमजुङ, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको तमु अगुवाहरु बताउछन् ।


