गोरखा समाचारदाता
जिल्लाका सामुदायिक विद्यालयमा अध्यापनरत राहत शिक्षकहरुको भेलाले शिवकुमार यादवको अध्यक्षतामा एक समिति गठन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा खेमराज पोखरेल, खुल्ला उपाक्ष्यक्षमा देव कुमार काप्री, महिला उपादक्ष्य अम्बिका खनाल, सचिवमा राजकुमार राई, अर्थ सचिबमा अमृत श्रेष्ठ र सह सचिबमा राम माया बिक चयन भएका छन् ।
पेशागत हक हितका लागि आवाज उठाउन भन्दै शिक्षकहरुले २५ सदस्यिय जिल्ला स्तिरिय नेपाल राहत शिक्षक समिति गठन गरेको हुन् । यादब को अध्यक्षता तथा केन्द्रिय सह–अध्यक्ष विष्णु प्रसाद भट्टराइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समितिका केन्द्रिय सचिव प्रकाश रिजाल केन्द्रिय सचिव, नेपाल शिक्षक संघका सचिव लक्षमण बाबु आर्चाय, एकिकृत अखिन नेपाल शिक्षक संगठनका जिल्ला सचिव तेज बहादुर नेपाली, शिक्षक समाज नेपालका भोजराज कोइराला लगायतले मन्तव्य राखेका थिए ।
सामुदायि विद्यालयमा रहेका अस्थायी शिक्षकहरुलाई सरकारले उचित व्यवस्थापन नगर्दा उनीहरु मर्कामा परेका छन् । सरकारले उचित अवसर दिनुपेर्न शिक्षकहरुको माग छ ।




















