नरेन्द्र ढकाल/गोरखा
पुस १४ गते । गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’का सांसद लेख बहादुर थापाले आफूले चुनाव जितेको क्षेत्रलाई सबै गर्भ गर्न लायक बनाउने दाबी गरेका छन् । गोरखा समाचारसँग कुरकानी गदै थापाले जनताले दिएको विश्वासलाई मर्म नदिन दावी गरे ।‘मलाई मत दिए बिजयी गराउनुभयो, उहाँहरु सामु गरेको बाचा पुरा गर्ने मेरो पहिलो प्रयास हुनेछ’ थापाले भने ।
माओवादी केन्द्रका जिल्ला अध्यक्ष समेत रहेका थापाले अबको ५ वर्षमा क्षेत्र नम्बर १ को प्रदेशसमा ‘क’ जनताले गौरब लायक काम गर्ने बताए । कृषि, पर्यटन र भौतिक पुर्वाधारमा जोड दिएर जनजिविका उकास्ने खालका काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘हामीलाई जिताउनु भएका मतदाताले कहिल्यै पछुताउनु पर्दैन्, म सबैले गौरब गर्ने काम गरेर देखाउँछु’ थापाले भने ।
निर्वाचन अगाडी आफुले जनतामा गरेका प्रतिवद्धता पुरा गर्ने, निर्वाचन घोषणापत्रमा उल्लेख गरिएका कुराहरु अक्षरस कार्यान्वयन गर्ने उनको मुख्य योजना छ । त्यसैगरी भुकम्प पछिको पुर्ननिमार्णलाई बिशेष जोड दिने, बुढीगण्डकी आयोजना निर्माणका लागि पहल गर्ने जस्ताका कुराहरुलाई प्राथमिकता दिने उनले बताए ।
‘मानिसको सबै जिम्मा राज्यले लिने जुन हाम्रो घोषणापत्र छ, सोही अनुसार जनताको अनियर्वाय आवश्यक परिपुर्ति गर्न मेरो पहल हुनेछ’ थापाले भने ‘त्यो सँगै यो क्षेत्रलाई माथि उठाउनु थुपै काम गर्नुपर्ने छ म पुर्ण रुपले लाग्ने छु ।’ ऐहितासिक धार्मिक र पर्यटकिय क्षेत्रहरुको प्रर्वद्धन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने खालका योजना बनाउने, भ्यू टावर निर्माण गर्ने, हामे स्टेहरु सञ्चालन गर्ने जस्ता कार्यक्रमहरुलाई पनि बिशेष जोड दिने थापाको भनाई छ ।
‘डाडाँको थुम्काहरुमा भ्यू टावर बनाउने,गाउँगाउँमा होम स्टे सञ्चालन गर्ने, मनकाना आएका पर्यटकलाई गोरखा सम्म ल्याउन विशेष रणनिति बनाउने जस्ता कामहरु गर्ने मेरो योजना छ ।’ उक्त प्रदेशको गाउँपालिकाको केन्द्र सम्म जान बाटो पिच गर्ने, ढुङ्गागाडे–बुंकोट हुदै जाने सडक कालोपत्र गर्ने, गोरखा सदरमुकामबाट नारेश्वर जाने सडकको स्तर उन्नती गर्ने लगायतका योजनाहरुमा छिटै काम गर्ने उनले बताए ।
सडक, खानेपानी, सिञ्चाइ जस्ता पुर्वाधार बिकास जोड दिने थापाको योजना छ । उनी अहिले मतदाताहरुको घर दैलोमा पुगेर धन्यवाद दिन व्यस्त छन् ।


