मोहसिन अलि मियाँ/गोरखा
गोरखा सिंगिङ एण्ड डान्सिङ टुर्नामेण्ट २०१७को फाइनल सम्पन्नभएको छ । प्रथमगोरखकाली मेलाको सातौ दिनमा खेलकुद मैदान हरमटारीमाभएको फाइनलमा सिंगिङ तर्फ सुरज सुनार र डान्सिङ तर्फ यानु गुरुङ प्रथमहुन सफलभएका छन् ।
विजयीहुन सफलभएका सुनार र गुरुङले नगदपचास पचास हजार रकम सहित मेडल प्रमाणपत्र र मायाँको चिनो समेत हातपारेका छन् । गुरुङले सुनको तिल्हरी समेत प्राप्त गरेकी छिन् । डान्सिङ तर्फ टप फाइभ र सिंगिङ तर्फ पिन टप फाइभ भित्रबाट विजयी छनौट भएकाहुन् ।
सिंगिङ र डान्सिङ तर्फ फस्ट रनरअपले २५–२५ हजार सहित मेडल, प्रमाण्पत्र र मायाँको चिनो प्राप्त गरेको आयोजककालिका साँस्कृतिककला केन्द्रले जनाएको छ ।
त्यस्तै सेकेण्ड रनरअपले १५–१५ हजार सहितमायाँको चिनो, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् । मेलाकै अवसर पारेर कला केन्द्रले फाइनल सम्पन्न गरेको हो ।




















