गोरखा समाचारदाता
पुस १३ गते । पहिलो गोरखकाली मेलाको छैटौं दिन पनि राष्ट्रिय कलकारहरुले खेलकुद मैदान हरमटारीलाई रगिन बनाए । हाँस्य कलाकार र गायकगायीकाको उपस्थितमा भएको सास्कृति तथा हाँस्य व्यंग्य प्रहसन हेर्न लायक थियो ।
हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र सितादेवी तिमल्सिनाको प्रहसनले मेला हेर्न आएका दर्शकले पेटमिचि हाँसेका थिए । उनीहरुले ब्यङ्ग्यात्मक शैलीमा बिकास निर्माण, सडको अवस्था, महँगी, ग्यास अभाव, सरसफाईको विषयमा सन्देश मुलक व्यग्य गरेका थिए । गोरखा सदरमुकामको हरमटारीमा जारी मेलामा बुधबार चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी र श्रेया सोताङले संगितमय जादु छरे ।
पंगेनीले मञ्चमा उभिएर देशभक्ती भाबना र बिदेशिनुपर्ने बाध्यता, लाहुरेको ब्याथा समेटिएको गित गाउँदा मेला हेर्न पुगेका अधिकासं महिलाहरु गहभरी आँसु बनाएर बसेका थिए ।
युवायुवती भने गायीक श्रेया सोताङको गितमा झुमे । प्रेम गित चलचित्रको गित, तिमी आयौ मेरो मनमा, यो छोरीको रुपै राम्रो जस्ता गित सोताङले गाएकी थिइन । बेलुकीपख राष्ट्रिय कलाकारको साथमा स्थानीय कलाकारको दोहोरी प्रस्तुतीले दर्शकलाई उफारेको थियो ।
मेलामा बुधबार झण्डै तीन हजार दर्शकले महोत्सवको अवलोकन गरेको आयोजक हरमटारी क्लवका अध्यक्ष बिशाल गुरुङले जानकारी दिए । मेलामा बाल उद्यान, खाना सँगै ब्यापारीक स्टलहरु पनि रहेका छन् ।


