गोरखा समाचारदाता
पुुस १३ गते । सिरानचोक गाउँपालिकाले गैरसरकारी सस्थाहरु क्लष्टर बनाएर काम लगाउने भएको छ । गाउँपालिकाको कार्यालयमा भएको गैससहरुसँगको छलफलमा त्यहाँ क्रियाशिल संघसस्थाहरुलाई उनीहरुले गर्ने कार्यक्षेत्रका आधारमा विभिन्न क्लष्टरमा विभाजन गरिएको अध्यक्ष राजु गुरुङले जानकारी दिए ।
‘कुन सस्थाले कहाँ कुन क्षेत्रमा काम गरिरहेको छ भन्ने जानकारी पाउन सजिलो होस् र उनीहरुको काम पनि प्रभावकारी बनाउन सकियोस् भनेर हामीले यो प्रयास गरेका हौं’ गुरुङले भने । गैरसरकारी तथा बिषयगत सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु सहभागी छलफलले ६ वटा क्लष्टर बनाएको छ । स्वास्थ, सरसफाई, जिविकोपार्जन, विपद व्यवस्थापन, शिक्षा र पुणनिर्माण गरी ६ वटा क्लष्टर बनाइएको हो । ती क्लष्टरहरुको जिम्मा पनि एक/एक वटा संस्थालाई दिएइएको छ ।
ती संस्थाले चौमासिक रुपमा बैठकको संयोजन गर्ने जिम्मेवारी समेत तोकिएको छ । जसअनुसार, स्वास्थ्य क्षेत्रको संयोजन सिरानचोक स्वास्थ्य इकाइले, रेडक्रसले सरसफाई, स्वाँरा सघन गाउँविकास केन्द्रले जिविकोपार्जन, एकिकरण नेपाल विपदव्यवस्थापन र शिक्षा तथा पुर्ननिर्माणको संयोजन आइएनएफ्ले पाएका छन् । सिरानचोकमा स्वास्थ्यमा हेल्थ फर लाइफ, स्वाँरा सघन गाउँबिकास केन्द्र, आइपास, आइएनएफ् मेडिक मोबाइल, केएर नेपाल,सुआहारा र कोपिला नेपालले काम रहेका छन् ।
यसैगरी पुर्ननिर्माण तर्फ एकिरण नेपाल, स्वाँरा सघंन गाउँबिकास केन्द्र, आइएन्एफ् र रेडक्रशले भुकम्प पिडितहरुलाई सघाइरहेको छ । एकिकरण नेपाल, रेडक्रश, आइएनएफ् र स्वाँरा सघन गाउँबिकास केन्द्रले जिबिकोपार्जन, एकिकरण,रेडक्रश सिप नेपाल, आइएनएफ्, स्वाँरा सघन गाउँबिकास केन्द्र, तुलसी मेहर युनेस्को क्लव र सुआहाराले सरसफाइका क्षेत्रमा विभिन्न कार्यक्रम गरिरहेको सिरानचोक गाउँपालिकाले जानकारी दिएको छ ।
त्यस्तै विपदव्यस्थापन तर्फ एकिकरण नेपाल,स्वाँरा सघन गाउँबिकास केन्द्र,रेडक्रश,आइएनएफ् र इको नेपाल, शिक्षा तर्फ आइएनएफ्, इआरडिसीएन्, कोपिला नेपालले भुकम्प पिडितका लागि कार्यक्रम गरिहेका छन् ।
छलफमा गाउँपालिका भित्र रहेका विभिन्न संघसस्थाले गरेको कार्यक्रमको मुल्याङ्कन एवं अनुगमनका लागि गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष, सम्बन्धित वडाको अध्यक्ष, महिला तथा दलित सदस्य, सम्बन्धित सस्थाको प्रतिनिधि सदस्य र प्रमुख प्रशासकिय अधिकृत सदस्य सचिव रहेको समिति समेत बनार्ईएको छ ।


