मोहसिन अलि मियाँ/गोरखा
पुस १२ गते । गण्डकी गाँउपालिकामा संचालित बाल संरक्षणमा भएको कार्यक्रमको संयुक्त अनुगमन सम्पन्न भएको छ । युनिसेफ नेपालको सहयोगमा चेस गोरखाले संचालन गरेको जोखिममा रहेका बालबालिकाको पारिवारिक संरक्षण कार्यक्रमको महिला तथा बालबालिकाको कार्यालय, जिल्ला बालकल्याण समिती, पत्रकार लगायतको टोलीले मंगलबार संयुक्त अनुगमन गरेका हुन् ।
अनुगमनकै क्रममा गण्डकी गाँउपालिका ८ मा रहेको गाँउ बाल संरक्षण समितीसंग छलफल कार्यक्रम समेत सम्पन्न भएको छ । चेस गोरखाले यस परियोजना अन्तरगत सञ्चालन गरेको कार्यक्रमको प्रभावकारिताका बारे कार्यक्रम छलफल भएको थियो । समितीका संयोजक एवम वडा अध्यक्ष राम प्रसाल रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा महिला तथा बालबालिकाको कार्यालयकी प्रमुख शुशिला वाग्लेको प्रमुख अतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख वाग्लेले बालबालिकाका सरोकारका बिषयमा संवेदनशिल हुन समिती र सरोकारवालाई आग्रह गरेकी छिन् । ‘बालबालिकाको बिषयमा हामी ज्यादै संबेदनशिल हुन जरुरी छ, हाम्रा साना साना कुरा पनि उनिहरुमा ठूलो प्रभाव परिरहेको हुन सक्छ’ ।
त्यस्तै जिल्ला बाल कल्याण समितीका सुचना ब्यवस्थापन अधिकृत सरोज कोइरालाले बालबालिका लक्षित बजेट उनिहरुको आवस्यकता बुझेर मात्र खर्च गर्नुपर्ने बताएका थिए । समितीको सिफारिसमा यस गाँउपालिकामा चेस गोरखाले उच्च जोखिममा परेका बालबालिकालाई गरेको बिभिन्न प्रकारका सहयोगले उनिहरुको जिवनस्तरमा सुधार आउन थालेको वडा अध्यक्ष रेग्मीले बताएका छन् ।
यस गाँउपालिकामा परियोजना सञ्चालनको अवधीमा उच्च जोखिममा रहेका १३ जनालाई २० हजारका दरले जिविकोपार्जन सामाग्री, ५१ जनालाई ५ हजारका दरले आवस्यता अनुसार सामाग्री बितरण गरेको चेस गोरखाकी कार्यक्रम संयोजक रचना सापकोटाले बताएकी छिन् ।
त्यस्तै क्षमता अभिबृद्धिका लागि २८ वटा तालिम साथै बाल संरक्षण समितीलाई बैठक बस्नका लागि २० महिनासम्म खाजाको समेत ब्यवस्था गरिएको सापकोटाको भनाई छ । परियोजना जिल्लाको ४ गाँउपालिका र एक नगरपालिकामा संचालनमा रहेको उनले बताएकी छिन् ।


