गोरखा समाचारदाता
पुस १२ गते । हरमटारी क्लवको आयोजनामो पुस ७ गते भएको मेलाको पाँचौ दिन पनि रौनकपुर्ण रह्यो । चर्चित पप गायक सबिनराई गुँरासको फेद मुनि सम्झनाको छाँया बोलको गित गाउँदा रङ्गशालमा उपस्थित गोरखाली युवा युवती जोसले उफ्रिएका थिए ।
उनले आफ्ना झण्डै आधा दर्जन गित गाए । कार्यक्रममा लोकदोहोरी गायक दिपसागर थापा, रबिन लामिछाने लगायतका राष्ट्रिय कलाकार सँगै स्थानीय गायक गायकाले आ–आफ्नो गित आएर दर्शकलाई खुसी बनाएका थिए ।
१४ गते सम्म चल्ने मेलामा बाल उद्यान, खाना लगायत बिभिन्न ब्यापारीक स्टलहरु समेत रहेको छ । मेलाको छैटो दिन आज पनि राष्ट्रिय स्तरका कलाकार आउँदैछन् ।
बद्रि पंगेनी, केदार घिमिरे, श्रेया सोताङ लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।




















