गोरखा समाचारदाता
पुस १२ गते । गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ बाट निर्वाचित सांसद प्रकासचन्द्र दवाडी घरदैलोमा व्यस्त छन् । निर्वाचन सकिएको केही दिन पछि पुनः आफ्नो निर्वाचन क्षेत्र फर्किका उनी गाउँटोलमा पुगेर मतदातासँग भेटघाट गरी धन्यवाद दिइरहेको नेबिसंघ क्षेत्र नम्बर २ का सचिव दिनेश खनखवासले बताए ।
मंगलबार बिहान सिरान्चोक गाउपालिका वडा ४ छोप्राकको चोरकाटे, जैसीथोक,मैदानका मतादाताको घरघरमा पुगेर आफुुले निर्वाचन अघि गरेका बाचा पूरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
दिउँसो वडा ५ चित्रेपोखरीमा आयोजित फुटवल प्रतियोगितामा उद्घाटन गर्नुको साथै साँझ सिरानचोक २ को थालाजुङका मतदाता भेटघाट गरेको खनखवासले जानकारी दिए ।


