गोरखा समाचारदाता
पुस १२ गते । गोरखा नगरपालिका भित्रका बालबालिकाहरुको भेलाले सुचना केसीको अध्यक्षतामा १७ सदस्सिय नयाँ कार्यसमिति चयन गरेको छ । उक्त समितिमा गोरखा नगरपालिकाको १४ वटै वडाका १÷१ सदस्य, २ जना अपाङ्गता सदस्य र सिमान्तकृतका तर्फबाट १ गरी १७ सदस्सिय कार्यसमिति बनाइएको हो । कार्यक्रममा निवर्तमान अध्यक्ष गौरब रानाले नबनिर्वाचिन अध्यक्ष केसीलाई पद हस्तान्तरण गरेका थिए ।
नगर स्तररिय बाल सञ्जाल पुर्नगठन तथा अभिमुखिकरण कार्यक्रमको समापन गदै नगरप्रमुख राजनराज पन्तले गोरखा नगरपालिकालाई नमूना बालमैत्रीनगर बनाउने प्रतिवद्धता व्यक्त गरको छन् । बालबालिका भविष्यका कर्णधार भएको भन्दै नगर क्षेत्रका बालबालिकाको हितमा राखेर निति तथा कार्यक्रम ल्याउने उनको भनाई छ । ‘बालबालिकाका लागि छुट्याइएको बजेट उनीहरुकै क्षमता बिकासमा खर्च गर्न चाहान्छौ, यो मेरा प्रतिवद्धता भो, गोरखा नगरपालिकाकालाई बालमैत्री बनाउन कुनै कसर बाँकी राख्ने छैन्’ पन्तले भने । गौरव रानाको अध्यक्षमा सोमबार र मंगलबार दुई दिन सम्म भएको उक्त कार्यक्रमको उद्घाटन भने गोरखा नगरपालिका वडा नम्बर ८ अध्यक्ष कृष्ण बहादुर खत्रीले गरेका थिए । समापन कार्यक्रममा उपप्रमुख बिनाकुमारी श्रेष्ठ, गोरखा नगरपालिकाका सामाजिक बिकास शाखाका प्रमुख विजय उपाध्याय,आस्था खत्री लगायतले मन्तव्य राखेका थिए । युनिसेफको सहयोग,सिर्जनशिल समाज नेपालको अयाोजना र गोरखा नगरपालिकाको समन्वय भएको दुई दिने कार्यक्रमका सहभागीहरुलाई सिर्जनशिल नेपालकी पवित्रा भट्टराईले प्रशिक्षण दिएकी थिइन् । गोरखा नगरपालिका भित्र ९३ वटा बाल क्लव सक्रिय छन् ।
नगरबाल सञ्जालको अध्यक्षमा केसी चयन
नगरबाल सञ्जालको अध्यक्षमा केसी चयन
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


