गोरखा समाचारदाता
पुस ११ गते । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफ्नो हारलाई सहज रुपमा स्वीकार गरेका छन् । प्रेस सेन्टर गोरखाले जिल्ला सदरमुकाममा गरको पत्रकार भेटघाटमा बोल्दै गोरखा क्षेत्र नम्बर २ बाट पराजित श्रेष्ठले निर्वाचनको परिणामलाई समान्य रुपमा लिएको बताए । ‘गोरखाको २ नम्बर क्षेत्रका जनताको चयनमा यसपटक हामी परेनौं, यसलाई सहज रुपमा लिन्छौ’ उनले भने ‘जसले हामीलाई मतदान गर्नुभयो उहाँहलाई धन्यावाद पनि दिन चाहान्छौं ।’ निर्वाचनको ठोस समिक्षा भने बाँकी रहेको भन्दै उनले सबै कुरा भने खुलाउन चाहेनन् । बामगठबन्धनका सुत्रधार मध्येका एक तपाइँलाई हराउने खेल भयो रे नी ? भन्ने पत्रकारहरुको जिज्ञासाको प्रतिवाद गर्दै नेता श्रेष्ठले, अध्यक्ष प्रचण्डले आफु जिताउन भरमग्दुर प्रयत्न गरेको दावी गरे । ‘अध्यक्ष कमरेड मेरो जितका लागि निकै चिन्तित हुनुहुन्थ्यो,उहाँले केन्द्रिय नेता देखि जिल्ला तह सम्मका साथीहरुलाई स्पष्ट निदेर्शन दिनुभएको थियो’ उनले भने । निर्वाचनमा पराजित भएपछि पहिलो पटक गृह जिल्ला आएका नेता श्रेष्ठले आफुलाई मतदान गर्ने सबैलाई धन्यवाद समेत ब्यक्त गरेका छन् ।
जनमतको सम्मान गर्दै पाटी एकता गरेर सरकार गठन तिर लाग्दा राम्रो उनको तर्क छे । ‘यो जनमत पाटी एकताको लागि हो, जनता एकिकृत पाटीले सरकार चलाओस् भन्ने चाहान्छन, त्यसैले सरकार गठन अघि नै पाटी एकता गर्न सके सुनमा सुघन्ध थपिन्छ’ श्रेष्ठले भने । पार्टी र ब्यक्तिगत स्वार्थबाट धेरै माथी उठेर बाम एकता हुन लागेको भन्दै उनले एकताको कुराले सरकार गठन भने नरोकिने बताए । ‘एकताको काम ढिलो हुदैमा सरकार गठन पनि ढिलो हुन्छ भन्ने चाँही होइन, दुबै विषय छिट्टै अगाडी बढ्छ’ नेता श्रेष्ठले भने ।
मंसिर १० गते सम्पन्न निर्वाचन पछि पहिलो पटक गोरखा आएका नेता श्रेष्ठले आफुले हारे पनि देशभर बामगठन्धनको लहर आएको भन्दै निर्वाचनको परिणामले उत्साहित भएको बताए ‘निर्वाचनमा बामपन्थीहरुको जितले सबैलाई उत्साहित बनाएको छ, यो जित बाम पन्थिको मात्रै होइन, सारा नेपाल र नेपालीको हो ।’ देश नयाँ चरणमा प्रवेश गरेकाले अबको बाटो आर्थिक क्रान्ती भएकोमा जोड दिदै निर्वाचनको परिणामबाट प्राप्त जनादेशले मुलकमा स्थरिता चाहेको उनको भनाई छ । दुबै पाटीमा दोश्रो तहका केही नेता गठबन्धनको विरोधमा छन रे नी भन्ने जिज्ञासामा उनले भने ‘त्यो धेरै पिछडिएको चेताना हो हामी अगाडी बढि सकेका छौं ।’ झण्डै ३० मिनेट पत्रकारहरुसँग प्रस्तुत भएका श्रेष्ठ सामु जिल्लामा क्रियाशिल पत्रकारहरुले बामगठबन्धनका बारेमा थुप्रै प्रश्न राखेका थिए । एमाले भित्र नै गुट उपगुट भएको बेला माओवादी कसरी मिल्न सक्छ त ? भन्ने प्रश्नमा उनले भने ‘मुलकको स्थायित्व आर्थिक बिकास र समृद्धिका लागि गठबन्धन बनाएर अगाडी बढेका हौं, प्राप्त जनादेशलाई केन्द्रबिन्दुमा राखेर अरु कुरा गौण ठान्दै अगाडी बढ्ने दृढता प्रस्तुत गर्न चाहान्छौ ।’
राष्ट्रिय सभा गठन सम्बन्धि प्रशङ्गमा नेता श्रेष्ठले काँग्रेसलाई पनि सँगै लैजानुपर्ने मध्यमागी बाटो अघि सारेका छन । ‘हामीले ५ वर्ष सत्ता चलाउँदै गर्दा बलियो प्रतिपक्ष चाहिन्छ, काँग्रेसका साथीहरुलाई पनि सँगै लिएर जानुपर्छ भन्ने पक्षमा छौ’ उनले भने । तर काँग्रेसले जति सक्दो छिटो बाम गठबन्धनलाई सत्ता सुम्पिनु पर्ने श्रेष्ठको तर्क छ ।
दिनभर गोरखा सदरमुकाम रहेका श्रेष्ठले आन्तरिक रुपमा निर्वाचनको परिणाम र भावी रणनीति बारे छलफल तथा समिक्षा गरेका माओवादी केन्द्र श्रोतले बताएको छ । उनी बाम गठबन्धनका मुख्य सुत्रधार मध्येका एक मानिन्छन् ।
दुई नम्बरको जनताको चयनमा यसपटक हामी परेनौंः श्रेष्ठ
दुई नम्बरको जनताको चयनमा यसपटक हामी परेनौंः श्रेष्ठ
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


