गोरखा समाचार
जिल्ला वन कार्यालय गोरखाले वनका उपभोक्ताहरुसँग सार्वजानिक सुनुवाई गरेको छ । वन कार्यालयले वर्ष भरी गोरखा जिल्लामा गर्ने काम, सामुदायिक, कबुलेती र निजि वनमा हुने कार्यक्रम, राज्यका निति नियम र प्राबधान, वनजंगलको रेखदेख एवं प्रयोग, वनजन्तुबाट हुने हानीको रोकथाम र क्षतिपुर्ती लगायतका बारेमा जिल्ला वन कार्यालयका प्रमुख जिवनाथ पौडेलले जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागी वनका उपभोक्ताहरुले वन जन्तुबाट आफूले कृषि र पशुपालनमा क्षति भोग्नु परेको भन्दै त्यसको रोकथामका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका थिए । भुकम्प पिडितलाई काठ प्रयोग गर्ने दिने, जडिबुटी खेति गरी आर्यआजन वृद्धि कसरी गराउन सकिन्छ भन्न बारेमा पनि उपभोक्ताहरुले छलफल तथा जिज्ञासा राखेका थिए ।
बृक्ष सुधार, बृक्षारोपण तथा निजि वन बिकास कार्यक्रम अन्तरगत गोरखा नगरपालिका वडा नम्वर १० बिरेन्चोकमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा जिल्लामा रहेको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष एवं पदाधिकारीको सहभागीता रहेको थियो । जिल्ला समन्वय समितिकी उपप्रमुख जानुका अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य इन्द्रा गुरुङ, गोरखा नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष देवी बहादुर बस्नेत, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृती भूमिनन्द सिंखंडा लगायतले मन्तव्य राखेका थिए ।




















