गोरखा समाचार
पुस ४ गते । माघे सक्रान्ती पर्वको अबसरमा सुलिकोट गाउँपालिका वडा नम्बर ८ जराङमा खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । हरेक बर्ष यस वर्ष पनि माघेसक्रान्तीको अबसर पारेर माघ १ गते देखि ५ गतेसम्म आयोजना गरिएका खुल्ला नकआउट फुटबल खेलमा प्रथम र द्वितीय हुने टिमलाई क्रमश ५५ र २७ हजार राशीको पुस्कार दिने आयोजकले बताएको छ ।
बिगत १७ बर्ष पहिला देखि जराङमा फुटबल साथै गोरु जुधाउने चलन थियो ।तर अहिले भने यो परम्परा लोप भएका छन ।जराङबासीहरुले यस पर्बलाई दशै(तिहार भन्दा पनि बढी चासो दिने गर्दछन्। जराङ कपमा पहिलो हुने टिमले नगद ५५ हजार नगद, कप, मेडल र प्रमाणपत्र र दोस्रो हुनेले २७ हजार नगद, कप, मेडल र प्रमाणपत्र पाउनेछन् ।
जराङ कपमा जिल्ला तथा जिल्ला बाहिरका विभिन्न ठाँउहरुबाट सहभागी हुन्छन। जराङमा मात्रै नभई जिल्लामै जराङ कपको चर्चा हुने गर्छन्। यसपालीको जराङ कप भब्य र सभ्य हुने आयोजक जनप्रेमी युवा कल्बले जानकारी दिएका छन।


