नरेन्द्र ढकाल/गोरखा
उत्तरी गोरखाका चुमनुब्री र धार्चे गाउँपालिकामा लागुभएको गरिएको कामका लागि खाद्यन्न र कामका लागि नगद कार्यक्रमबाट २ भन्दा बढि घरधुरी लाभाम्वित भएका छन् । सयुक्त राष्ट्रसंघिय विश्व खाद्य कार्यक्रम, लुथरन फ्रेड्रेसन र गोरेटो गोरखाको साझेदारीमा सञ्चालन भएको उक्त कार्यक्रमबाट चुमनुब्री र धार्चे गाउँपालिका भित्र पर्ने साबिकका ६ गाबिसका २ हजार ७ सय ७२ घरधुरीले लाभाम्वित भएको उक्त कार्यक्रमका प्रवन्धक सौगात कार्कीले जानकारी दिए ।
परियोजना अन्र्तगत जिल्लाका लाप्राक, गुम्दामा कामका लागि नगद र उहियाँ, सिर्दिवास र काशीगाउँमा कामका लागि खाद्यन्य कार्यक्रम सन्चालन भएको हो । उक्त कार्यक्रमको आइतबार जिल्ला सदरमुकाममा पहिलो चरणको समिक्षा भएको छ । हाल चुमनुव्री र धार्चे गाउँपालिकामा सञ्चालन भइरहेको उक्त कार्यक्रमको पहिलो चरण सम्पन्न भएको र अब दोश्रो चरण सञ्चालन गर्ने तयारी भईरहेको जानकारी गराइएको छ । परियोजनाका लागि पहिलो चरणमा कुल १ करोड ७७ लाख २६ हजार ६ सय १३ रुपैया बजेट बिनियोजन गरिएकोमा १ करोड ५६ लाख २५ हजार ५ सय ६१ रुपैयाँ भुकम्प पिडितलाई प्रदान गरिएको हो । एक परिवारको एक सदस्यले सहभागीता जनाएको उक्त कार्यक्रममा हरेक घर धुरीले ४० दिन काम गरेका थिए । जसअनुसार नगद पाउने प्रतिदिन ६४० रुपयाँ ज्याला पाएका थिए भने नगद वितरण गरिएको ठाउँमा प्रतिघरधुरी १५० केजि चामल २७ केजी दाल बितरण गरिएको थियो । भुकम्पबाट अतिप्रभावित मानिसहरुको पहिचान गरि उनीहरुलाई सामाजिक पुर्वाधार बिकासको कामहरु खानेपानी, काठेपुल, ढल निकास, पहिरो नियन्त्रण, तारजाली, गोरेटो बाटो र प्रतिक्षालय निर्माण गरिएको छ । त्यस कार्यमा श्रम गरे बापत हाजिरिएका आधारमा हरेक घरधुरीलाई नगद र खाद्यन्न वितरण गरिएको हो । उत्तरी क्षेत्रका खाद्यन्न अपुग भएका क्षेत्रमा खाद्यन्न र तल्लो भेगका नगद वितरण गरिएको गोरेटो गोरखाका कार्यकारी निर्देशक पवन रमण खनालले जानकारी दिए ।
बैठकमा बिश्व खाद्य कार्यक्रमले आगामी सोही गाउपालिकाहरुमा सञ्चालन गर्ने दोस्रो चरणको कार्यक्रमका बारेमा समेत छलफल भएको थियो । दोस्रो चरणका लागि ३ करोड २९ लाख ३ हजार ९९ रुपैया बजेट छुट्याइएको कार्यक्रम प्रवन्धक कार्कीको भनाई छ । पिआरआरओ परियोजना सल्लाहकार समितिका पदेन सदस्य समेत जिल्ला समन्यव समितिका सभापती अशोक कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ, बिश्व खाद्य कार्यक्रमका संयोजक अरुण घले, पत्रकार महासघंका जिल्ला अध्यक्ष किशोरजंग थापाले जनताको आवश्यकता र चाहना अनुसारका कार्यक्रम सञ्चालन गर्न सरोकारवालाहरुलाई सुझाव दिएका थिए । अहिले अल्पकालिन खालको कार्यक्रम मात्र गरिरहेका उक्त सस्थाहरुलाई दिर्घकालिन महत्वका कार्यक्रमहरु ल्याउन आग्रह समेत गरिएको थियो ।
कामका लागि खाद्यन्न/नगदबाट २ हजार घरधुरी लाभाम्वित
कामका लागि खाद्यन्न/नगदबाट २ हजार घरधुरी लाभाम्वित
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


