गोरखा समाचारदाता
गोरखाका विभिन्न विद्यालयमा पढ्ने बिद्यार्थीहरुले राज्यले किशोरकिशोरी शिक्षालाई जोड दिनुपर्ने बताएका छन् । युकेएड, केयर नेपाल र पिपल इन नीडसँगको साझेदारीमा हाम्रो पालो नामक गरैसरकारी सस्थाले भुकम्पबाट अति प्रभावित गोरखा र सिन्धुपाल्चोकमा सञ्चालन गरेको बालबालिका सशक्तिकरण कार्यक्रमले आफूको आँखा खोलेको भन्दै पालुङटार १ खोप्लाङको अन्नपुर्ण माविमा अध्ययनरत किशोरी रेखा विष्टले बताईन ।
‘हाम्रो त आँखा खुल्यो केही सिकेका छौ, तर म जस्ता धेरै साथीहरुलाई यो शिक्षा आवश्यक छ’ उनले भनिन् । जिल्लाका ११ विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई किशोरी शिक्षा प्रदान गर्नुको साथै हिसांबाट जोगिने उपाय सिकाएको छ । किशोरी अवस्थामा आउने समस्याका कारण विशेषत बालिकाहरुले विचैमा पढाई छोड्न बाध्य भएको भन्दै उक्त कार्य रोक्नका लागि भुकम्प पछि यो परिजना सञ्चालान गरिएको हाम्रो पालोकी कार्यक्रम निर्देशक अनिता थापाले बताईन् ।
उक्त परियोजना अन्र्तगत २ करोड बढिको बजेटमा किशोरीहरुको क्षमता बिकासका कार्यक्रम, तालिम र पुर्वाधार विकासमा खर्च गरिएको छ । सोही अनुरुप शनिवार बाट गोरखाका ११ वटा विद्यालयका प्रनिनिध किशोरी, शिक्षक र हरेक विद्यालयमा कार्यरत प्रशिक्षकहरुको ३ दिने अभिमुकरण तालिम भएको छ । तालिममा सहभागी बिद्यार्थी एवं शिक्षकहरुले किशोरावस्थामा आउने समस्याको समाधान गर्न नसक्ने भविष्यका कर्णधारको जिवन बर्बाद हुने बताएका थिए ।
कार्यक्रमको समापनका क्रममा जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुसँग अन्र्तक्रिया पनि गरिएको थियो ।


