कैलासबावु श्रेष्ठ/गोरखा
मंसिर २३ गते । प्रतिनिधी तथा प्रदेश सभा निर्वाचन २०७४ को अन्तरर्गतको गोरखा जिल्लाको मत परिणा साँझ सम्ममा हुने देखीएको छ ।
जिल्लामा सबै भन्दा पहिला गोरखा क्षेत्र नम्बर २ को मत परिणाम सार्वजनिक हुने भएको छ । कुल मतदाता ९० हजार ८ सय २६ भएकोमा ६० हजार १ सय ९ मत खसेको थियो । खसेको मत मध्ये बिहान ११ः३० बजे सम्म ५० हजार ४६ मत गणना सम्पन्न भै सकेको छ । बाँकी १० हजार ६३ मत साँझ पर्न अगावै मतगणना गरी सक्ने मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै गरी गोरखा क्षेत्र नम्बर १ मा रहेको ९८ हजार ६ सय ८२ मतदाता मध्ये ६३ हजार ६ सय ७२ मत खसेको थियो । जस मध्ये ४१ हजार ३ सय ९४ मत गणना भै सेकेको छ । बाँकी २२ हजार २ सय ७८ मत गणना हुन बाँकी रहेको छ ।
गोरखाको मत परिणाम साँझ सम्ममा
गोरखाको मत परिणाम साँझ सम्ममा
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


