गोरखा समाचारदाता
जिल्लामा रहेको दुई रोट्रयाक्ट क्लब अफ गोरखा र बज्र मनासलु बिच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । शनिवार खेलकुद मैदान हरमटारीमा भएको खेलमा दुवै क्लबले दुइ–दुइ गोल गरेका छन् ।
रोट्रयाक्ट गोरखाका तर्फबाट बिपिन पोखरेल र समिर कुवँरले एक एक गोल गरेका थिए भने रोट्रयाक्ट बज्र मनासलुका सुरेन्द्र श्रेष्ठले दुई गोल गरेका थिए । आपसी सदभाव र मेलमिलापको सन्देश दिनदुवै क्लबले संयुक्त रुपमा फुटबलको आयोजना गरिएको रोट्रयाक्ट गोरखाका अध्यक्ष बुद्धि जोगीले जानकारी दिएका छन् ।
मैत्रीपूर्ण खेलमा रोटरी क्लब अफ गोरखा र बज्र मनासलुका पदाधीकारीको समेत सहभागिता रहेको थियो । खेलको उद्घाटन रोटरी क्लब अफ बज्र मनासलुका अध्यक्ष भाइचन्द्र श्रेष्ठले गरेका थिए । खेलमा रोट्रयाक्ट/रोटरीका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
मैत्रीपूर्ण फुटबल पश्चात दुवै रोट्रयाक्टको संयुक्त बैठक समेत बसेको थियो । रोट्रयाक्टमा जिल्लाका ६० भन्दा बढि युवाहरु आवद्ध रहेका छन् ।
रोट्रयाक्टको मैत्रीपूर्ण फुटबल
रोट्रयाक्टको मैत्रीपूर्ण फुटबल
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















