गोरखा समाचारदाता
पहिलो पटक भएको मिस गोरखामा जिल्लाका २५ जनाले सुन्दरीहरुल्े सहभागीता जनाएका छन् । मंगलबार जिल्ला सदरमुकाममा उनीहरुको पहिलो छनोट कार्य सम्पन्न भएको आयोजक सौन्र्दय कला व्यसायी समिति गोरखाले जानकारी दिएको छ । पहिलो अडिसन पार गरेका सहभागीहरुलाई २ हप्ताको तालिम दिईनेछ । मंसिर २२ गतेबाट सुरु हुने तालिममा सहभागीहरुको व्यक्तित्व विकास, प्रतिभा प्रष्फुटन, खाने हिड्ने,बोल्ने कला लगायत आबश्यक कुराहरु सिकाईने आयोजक समितिका सुजन उपरकोटीले जानकारी दिए । तालिम पछि दोश्रो अडिसन गरी १६ जना प्रतिस्पर्धीलाई ग्याण्ड सो अर्थात तेश्रो अडिसनमा छनोट गरिने आयोजकले बताएको छ । हाल सहभागी रहेका ९ जना उक्त चरणबाट बाहिरिने छन् । बाँकी १६ जनाले फाइनमा प्रतिस्पर्धा गर्नेछन् । गोरखाको पहिलो मिस गोरखा व्यूटीविथ बे्रने छनोट गरि आकर्षक पुरस्कार र थुप्रै अवसर दिने आयोजकको दाबी छ ।
मिस गोरखामा २५ प्रतिपस्र्धी सहभागी
मिस गोरखामा २५ प्रतिपस्र्धी सहभागी
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















