मोहसिन अलि मियाँ/गोरखा
कात्र्तिक ७ गते । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन आचार संहिता पालना गर्ने गोरखाका उम्मेदवारहरुले प्रतिवद्धता ब्यक्त गरेका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको सर्वपक्षिय बैठकमा जिल्लाबाट उम्मेदवार बनेका बिभिन्न दलका उम्मेदवारहरुले यस्तो प्रतिवद्धता जाहेर गरेको हुन् ।
जिल्लामा आइतबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएसँगै चुनावी माहोल ह्वात्तै बढेको छ । बैठकमा बोल्दै काँग्रेस नयाँ शक्ति राप्रपाका साझा उम्मेदवार डाक्टर बाबुराम भट्टराईले आचार संहितालाई स्वेच्छिक रुपमा पालन गर्नुपर्नेमा जोड दिएका थिए । ‘हामी आचार संहितालाई स्वेच्छिक रुपमा पालना गरेर आत्मासाथ गरी अघि बढौ, सबैले मनबाटै पालना गरौ, हामी हाम्रो तर्फबाट प्रतिवद्ध छौ’ डा. भट्टराईले भने ।
त्यस्तै बाम गठबन्धनबाट गोरखा २ मै उम्मेदवार बनेका नारायणकाजी श्रेष्ठले पनि आचार संहिता पालना गर्न र गराउन प्रतिवद्ध रहेको बताउका छन् । बैठकमा बोल्दै श्रेष्ठले आचार संहितालाई औपचारिक रुपमा मात्रै नभई साच्चै पालना गरेर गोरखाको निर्वाचनलाई नमुना निर्वाचन बनाउन सबैले प्रतिवद्धता गर्नुपर्ने बताएका छन् । ‘गोरखाको निर्वाचनलाई सबैले आँखा लगाइरहेका छन्, साच्चै यो निर्वाचनलाई नमुना बनाउन लागौं ’ श्रेष्ठले भने ।
गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार चिनकाजी श्रेष्ठले बिगतमा जस्तो मुडभेडको अवस्था सृजना हुन दिन नहुने बताएका छन् । गत बैशाखमा सम्पन्न निर्वाचनको प्रचारमा जाँदाको घटना स्मरण गर्दै काँग्रेसका उम्मेदवार श्रेष्ठले प्रहरी प्रशासनको सेवा समेत चेस्त बनाउनुपर्नेमा जोड दिएका थिए ।
साथै बैठकमा नेकपा एमाले, संघिय समाजवादी, बिबेकशिल साझा पार्टी, देशभक्ति जनगणतान्त्रिक मोर्चा लगायतका उम्मेदवारहरुे समेत निर्वाचनलाई निश्पक्ष र भयरहित तरिकाले सम्पन्न गर्न प्रतिवद्ध रहेको भन्दै सबैलाई पूर्ण रुपमा आचार संहिता पालना गर्न आग्रह गरेका थिए ।
मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले निर्वाचन आयोगले निर्माण गरेको आचांर सहिता बारेमा उम्मेदवारहरुलाई जानकारी गराउँदै स्वस्थ्य प्रतिस्पर्धामा उत्रिन आग्रह गरेका थिए ।‘तपाइँहरु सबैले आचांर सहिता पालना गरिदिनुभयो भने निर्वाचन सम्पन्न गर्न हामीलाई सजिलो हुन्छ’ पौडेलले भने ‘हामी सबैलाई आचांर सहिता अक्षरस पालना गर्ने आग्रह गछौं ।’ निर्वाचनको समयमा हुने अस्वस्थ्य प्रतिस्पर्धा, फजुल खर्च, प्रलोभनका कार्य बढ्दै भएको भन्दै मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश पौडेलले आचारसंहिता पूर्ण रुपमा पालना गर्न सबैलाई आग्रह गरे ।
दुई वटै निर्वाचन क्षेत्र र ४ वटै प्रदेश सभाका उम्मेदवारहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अक्षरस पालना गर्ने भन्ने निर्णयमा सहमती गरेर हस्ताक्षर समेत गरेको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिए । सोही अबसरमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्लाको सुरक्षा योजनाबारे उम्मेदवारहरुलाई जानकारी गराएका थिए । गोरखालाई अति संवेदनशिल जिल्लाको रुपमा राखेर सुरक्षा योजना बनाईएको छ ।
२१३ मतदान स्थल रहेको गोरखाका ६८ अति संवेदनशिल, १३३ संवेदनशिल र १२ सामान्य मतदानकेन्द्रहरुको रुपमा वर्गिकरण गरी विशेष सुरक्षा योजना लागु गरिने बताए । छिमेकी जिल्ला तनहुँ र चितवनमा दोश्रो चरणमा निर्वाचन हुने भएकाले अनावश्यक मानिसहरु भित्रिन नदिन दलहरुलाई सहयोग गर्न प्रजिअ बस्नेतले आग्रह गरे ।
आचार संहिता पालना गर्ने उम्मेदवारहरुको प्रतिवद्धता
आचार संहिता पालना गर्ने उम्मेदवारहरुको प्रतिवद्धता
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















