- ‘बाबुरामजीमा प्रवृत्तिगत समस्या छ’
कार्तिक ६, २०७४-माओवादी नेता नारायणकाजी श्रेष्ठ चुनावमा बामपन्थी गठबन्धनले बहुमत ल्याएर स्थिर सरकार बनाउने दाबी गरे ।
‘पार्टी एकता गर्ने उद्देश्यले चुनावमा तालमेल भएको हो’, उनले भने, ‘एउटै घोषणा पत्र बनाएर चुनावमा जान्छौं, केही दिनमै संयुक्त घोषणा पत्र सार्वजनिक हुन्छ ।’ वामपन्थीहरुको स्थिर सरकारले शान्ति र समृद्धिको ढोका खोल्दै मुलुकको काचुली फेर्ने उनले बताए । ‘एकाध ठाउँमा गठबन्धनबाट बागी उमेद्वार पर्नु स्वभाविक हो’, उनले भने, ‘एमाले र माओवादी एकता हुन ठुलै चुनौति भएपनि स्वभाविक छ ।’
अर्को प्रंसगमा श्रेष्ठले नयाँ शक्ति संयोजक बावुराम भट्टराईल आफैं कारणले बामगठबन्धनबाट बाहिरिएको तर्क गरे । ‘बाबुराम जीको प्रवृत्तिगत समस्या छ, पहिले माओवादी नै छाड्नु भयो, अहिले आएर बामगठबन्धन छाड्नु भयो ।’
शक्ति सार्मथ्यभन्दा भट्टराईले धेरै सिट मागेपछि गठबन्धनले दिन नसकेको समेत उनले बताए । ‘उहाँ अस्थिर परिचय छ, आफनै कारणले बामगठबन्धनमा टिक्न नसकेर कांग्रेससँग अपवित्र गठबन्धन गर्नुभयो ।’
ekantipur


