कैलासबावु श्रेष्ठ/गोरखा
कात्र्तिक ५ गते । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी तथा जिल्ला कार्य समिति गोरखाका जिल्ला कार्य समितिका सदस्य समेत रहेका डिल्लीराम तिमिल्सीनाले नेपाली काँग्रेसको प्रतिनिधी सभा तथा प्रदेश सभामा नेपाली काँग्रेस प्रति निष्ठानवान कार्यकर्तालाई हेला गरेको भन्दै नेपाली काँग्रेसको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति गोरखा र नेपाली काँग्रेस केन्द्रिय कार्यालय सानेपालाई बोधार्थ दिएको राजिनामा पत्रमा ‘पार्टिको मुल्य र मान्यता कुनै पनि निर्णय गर्दा पार्टिमा योगदानको कदर नभएको हुनाले नेपाली काँग्रेसमा रहि रहनु उपर्युक्त नभएकोले आजै देखी पार्टिको साधारण सदस्यता समेत नरहने गरि नेपाली काङ्रेस बाट राजिनामा दिएको छु’ राजिनामा पत्रमा भनिएको छ ।

तिमिल्सीना २०३० साल देखी हाल सम्म नेपाली काँग्रेसको बिभिन्न तहमा रहि काम गर्दै आएका थिए । नेपाल बिधार्थी संघको सदस्य देखी २०३६ साल जनमत संग्रहमा बहुदलको पक्ष सकृय भुमिका निर्बाह गरेका तिमिल्सीनाले पार्टीले उम्मेदवारको टिकट दिदाँ मनोमानी ढंगले दिएको भन्दै आपत्ती जनाएर राजिनामा दिएका हुन । २०३८ आम निर्बाचनमा बहिस्कार गर्दा पन्चायति ब्यबस्थाले हिरासतमा राखेको कारण शिक्षक पेशाबाट हात धुनु परेको तिमिल्सीनाले पञ्चायत बिरुद्ध २०४२ सालको सत्याग्रहमा प्रभाबकारी भुमिका खेल्नुका साथै जनाअन्दोलन २०४६ मा आन्दोलन सशक्त भूमिका निर्वाह गरेका थिए ।
२०४९ स्थानिय निकाय निर्बाचनमा जिल्ला बिकास समिती सदस्यमा समेत निर्बाचित तिमिल्सीना २०५३ साल देखी हाल सम्म ५ पटक सम्म महाधिबेसन प्रतिनिधी तथा महासमिती सदस्यमा निर्बाचित भई सकेका थिए ।




















