मोहसिन अलि मियाँ/गोरखा
कात्र्तिक ५ गते । आगामी मंसिरमा हुने प्रतिनिधी सभाका लागि बिशेकशिल साझा पार्टीले गोरखामा पनि उम्मेदवारी घोषणा गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको गोरखामा क्षेत्र नम्बर १ बाट अमृत पुडासैनी र २ बाट नवराज थापा उम्मेदवार बन्ने निश्चित भएको जनाएको छ ।
गोरखामा नेपाली काँग्रेस–नयाँ शक्ति र नेकपा एमाले–माओवादी केन्द्र बिच चुनावी तालमेल भइरहेको बेला बिबेकशिल साझाले समेत आफ्नो उम्मेदवारी घोषणा गरेको हो । बिबेकशिल साझाले भने कुनै पार्टीसंग तालमेल नगरी एकल उम्मेदवारी रहने बताएको छ ।
गोरखा १ मा बिबेकशिल साझाका तर्फबाट अमृत पुडासैनीले नेपाली काँग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठ र माओवादी केन्द्रका हरी अधिकारीसंग प्रतिस्पर्धा गर्नेछन् भने देशभर नै चर्चाको शिखरमा रहेको गोरखा २ मा नेपाली काँग्रेस र नयाँ शक्ति नेपालका साझा उम्मेदवार पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र माओवादी एमाले गठबन्धनबाट माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठसंग नवराज थापा प्रतिस्पर्धामा उत्रेका छन् ।
‘राजनितीमा युवा नेतृत्व, दुरदर्शिता र ईमान्दारीता हुनुपर्छ भन्ने ठम्याईको साथ गोरखा जिल्ला क्षेत्र नं. २ बाट विवेकशील साझा पार्टीको तर्फबाट मेरो उम्मेदवारी हो’ उम्मेदवार थापाले भनेका छन् ।
आफ्नो उम्मेदवारी अरुका बिरुद्ध नभई जनताको पक्षका निम्ति समेत भएको थापाको भनाई छ ।
यस्तै ‘राजनीतिमा मौलाउँदै गएको भ्रष्टाचार, कुसंस्कृति र माफियातन्त्रको अन्त्य गर्दै व्यक्तिलाई इमान्दार, उद्यमशील समाजलाई सभ्य र देशलाई संवृद्ध बनाउन राजनीतिक नेतृत्वमा इमान्दार र सक्षम व्यक्ति आउनै पर्छ भन्ने विश्वासका साथ पुडासैनीले गोरखा क्षेत्र नं. १ बाट उम्मेदबारी दिएको बताएका छन् ।
गोरखाको चुनावी माहोल निक्कै तातेका बेला उनिहरुको उम्मेदवारीले झनै रोमाञ्चित बनाएको बिश्लेषकहरुको भनाई छ ।
गोरखाको दुवै क्षेत्रमा बिबेकशिल साझाले उम्मेदवारी दिने, भट्टराई र श्रेष्ठसंग थापा लड्ने
गोरखाको दुवै क्षेत्रमा बिबेकशिल साझाले उम्मेदवारी दिने, भट्टराई र श्रेष्ठसंग थापा लड्ने
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


