- भट्टराईलाई कांग्रेसको साथ
कैलासबावु श्रेष्ठ/गोरखा
कात्र्तिक ५ गते । गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईलाई नेपाली काँग्रेसले सहयोग गर्ने भएको छ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली काँग्रेसले नयाँ शक्ति पार्टीका भट्टराईलाई सहयोग गर्ने भएको हो ।
कांग्रेसको केन्द्रीय समितिको निरन्तरको बैठकले गोरखा क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फ डा.बावुराम भट्टराइलाई सहयोग गर्न लागेको हो । काँग्रेसले गोरखा क्षेत्र नम्बर १ मा भने चिनकाजी श्रेष्ठलाई प्रतिनिधी सभाको प्रत्येक्ष तर्फको उम्मेदवार बनाएको छ । बाम गठबन्ध लगत्तै काँग्रेसलाई जरै देखी सिध्याउनु पर्ने अभिब्यत्ती दिएका भट्टराइलाई काँग्रेसले गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउदा कार्यकर्ता माझमा भने अन्यौलता छाएको छ । उता सोही क्षेत्रमा माओवादी र एमालेको संयुक्त गठबन्धनले भने माओबादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई उम्मेदवारका रुपमा प्रस्तुत गरी सेकेको छ ।

निर्वाचनमा काँग्रेसको रुख चिन्ह लिने वा आफ्नै दलको आँखा चिन्ह लिएर उठ्ने बिषयमा अन्यौता भएको भएता पनि आईतबार बिहान मात्रै डा.भट्टराईले आँखा चिन्ह लिएर उम्मेदवारी दर्ता गर्ने तयारी गरीरहेको उनका निकतम राजनैतिक सल्लाहकारले जानकारी दिएको छ ।
पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रतिनिधिसभाको ३७ र प्रदेशसभाको ७४ निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिएको हो ।


