मोहसिन अलि मियाँ/गोरखा
आसन्न प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा आचार संहिताको पूर्ण रुपमा पालना गर्ने गोरखाका राजनैतिक दलहरु बिच सहमती भएको छ । जिल्ला समन्वय समितीको हलमा जिल्लाको सुरक्षा समिती र राजनैतिक दलहरु बिच भएको बैठकमा उनिहरुले यस्तो सहमती गरेका हुन् ।
यसै बिच ५ गते हुन गइरहेको मनोनयन दर्ताका क्रममा बढिमा ५० जना जाने पनि सहमती भएको छ । अघिल्लो स्थानीय निर्वाचनमा मनोनयन दर्ताका क्रममा दलहरु बिच कस्ले बढि कार्यकर्ता उतार्ने भन्ने होडबाजी हुने गरेको भन्दै आसन्न निर्वाचनमा यस्तो हुन नदिन दलहरु राजी भएका हुन् ।
‘मनोनयन दर्ता गर्न बढि कार्यकर्ता ल्याउदैमा चुनाव जित्ने हो र ?, सबै दलले सहमती गरौ, ५ गते बढिमा ५० जना भन्दा बढि कार्यकर्ता कसैले पनि लेराउनु हुदैन’ नेपाली काँग्रेसका जिल्ला सभापती हरी घलले भने ।
एकै दिन सबै पार्टीले ठूलो संख्यामा कार्यकर्ता भेला गर्दा मुडभेड हुन सक्ने भन्दै काँग्रेस सभापती घलले बेलैमा सबै सजगभ एर निर्वाचन सफल बनाउन लाग्नु पर्ने बताएका थिए । उनको प्रस्तावलाई सबै नेकपा माओवादी केन्द्रका लेखबहादुर थापा, नेकपा एमालेका देवराज श्रेष्ठ, नयाँशक्ति नेपालका रमेश पोखरेल, राप्रपा, संघिय समाजवादी फोरम, नेपाल परिवार दल लगायतका दलहरुले स्विकार गर्दै सामुहिक प्रतिवद्धता ब्यक्त गरेका छन् ।
साथै गोरखाबाट पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व मन्त्री चिनकाजी श्रेष्ठ लगायतका शिर्ष नेताले चुनाव लड्ने भएकाले सबै दलहरुलाई निर्वाचनमा पूर्ण रुपमा आचारसंहिता पालना गर्न र भयरहित वाताबरणमा चुनावी कार्यक्रम गर्न प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आग्रह समेत गरेका छन् ।
१ लाख ८९ हजार ४ सय ४८ जना मतदाता रहेको गोरखामा दुई निर्वाचन क्षेत्र र चार प्रदेश सभाका लागि पहिलो चरण मंसिर १० गते चुनाव हुदैछ ।
निर्वाचन आचारसंहिता पालना गर्ने गोरखाका दलहरु बिच सहमती, मनोनयन दर्ता गर्न बढिमा ५० जना जाने
निर्वाचन आचारसंहिता पालना गर्ने गोरखाका दलहरु बिच सहमती, मनोनयन दर्ता गर्न बढिमा ५० जना जाने
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















