मोहसिन अलि मियाँ/गोरखा
कात्र्तिक २ गते । प्रहरीले गोरखाको आरूघाट बाट ७४ किलो प्रतिबन्धित जडिबुटि पाँच औले नियन्त्रणमा लिइएको छ । आरुघाट गाँउपालिका वडा नम्बर ३ को सोति खोला सिमरा भन्ने ठाँउबाट इलाका प्रहरी कार्यलय आरूघाटबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको प्रतिबन्धित जडिबुटि नियन्त्रणमा लिएको हो ।
सोतिबजारबाट आरूघाट तर्फ आँउदै गरेको ध १ ख १८९ नम्बरको मोटरबाट करिब ८ बोरा भन्दा बढि पाँच औले ल्याउदै गरेको बेला प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
उक्त पाँ औले संगै आरूघाट गाउँपालिका–९ का कमल गुरूङ र बसका चालक आरघाट गाउँपालिका– १० का सुम बहादुर मगरलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी उपरिक्षक (एसपि) प्रकाश अधिकारिका अनुसार हाल बरामद भएको सो परिमाण बराबरको पाँच औले इलाका बन कार्यालयलाई बुझाइसकिएको बताएका छन् । सो पश्चात इलाका बन कार्यालयले मुद्धाका लागि जिल्ला बन कार्यालयलाई पठाएको उनको भनाई छ ।
बरामद जडीबुटी सङ्कलन, बिक्री वितरण र निकासीमा प्रतिबन्ध लगाइएको पाँच औँले प्रतिगोटा ४ हजार बढी मूल्य पर्ने बताइन्छ ।
आरुघाटबाट ७४ किलो प्रतिबन्धित पाँच औले बरामद
आरुघाटबाट ७४ किलो प्रतिबन्धित पाँच औले बरामद
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


