कैलासबावु श्रेष्ठ/गोरखा
असोज ३१ गते । गैरआवासीय नेपाली संघ अर्थात एनआरएनएको अध्यक्ष र उपाध्यक्षमा गोरखाका भवन भट्ट कुमार पन्त विजयी भएका छन् ।
राजधानीमा भएको ८औं महाधिवेशमा प्रत्यासी अध्यक्ष भट्टले निर्बतमान अध्यक्ष शेष घलेका श्रीमती जमुना घले गुरुङलाई ठुलै मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन् । भट्टले उनले ११ सय ९७ मत प्राप्त गरेका छन् भने गुरुङले भने ५ सय ८४ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

अध्यक्षमा विजयी हुनासाथ भट्टले आफ्नो कार्यकालमा स्थापना कालदेखि सुरु भएर पनि पुरा हुन नभएका ऐजेन्डाहरु माथी काम थाल्ने बताए ।चुुनावी परिणाम सबैलाई समान रुपमा प्राप्त नुहेन भन्दै अध्यक्ष भट्टले मत परिणामलाई लिएर मनमा केही पनि नलिइ एनआरएनए अभियानमा सहभागी हुन सबैलाई आव्हान समेत गरेका छन् ।

उपाध्यक्ष पदका लागि ६ जनाबीच भएको प्रतिस्पर्धामा गोरखाका कुमारप्रसाद पन्त साथमा बिजयी भएका कुल आचार्य विजयी भएका छन् । महिला उपाध्यक्ष सपिला राजभण्डारी विजयी भएकी छिन भने महासचिव पदका लागि तीन जनाबीच भएको प्रतिस्पर्धामा पुन. डा. बद्रि केसी नै निर्वाचित भएका छन् । त्यस्तै गरी कोषध्यक्षमा पुन. हिक्मतबहादुर थापा बिजयी भएका छन् । सह कोषाध्यक्षमा सोमनाथ सापकोटा बिजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

निर्वाचनबाट महिला संयोजकमा भूमादेवी लिम्बु, युवा संयोजकमा सुदन थापा निर्वाचित भएका छन् । सन् २००३ मा स्थापना भएको एनआरएनमा ६ वटा क्षेत्रीय, महिला र युवा समितिको संयोजक र उपसंयोजक रहने व्याबस्था छ । सम्मेलनमा विश्वका ६० भन्दा बढी मुलुक गैरआवासीय नेपाली सहभागी रहेको आयोजक संस्थाले जानकारी दिएको छ । एनआरएनएले हालसम्म ७८ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरेको छ ।




















