गोरखा समाचारदाता
असोज ३० गते । आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मंसिर १० गतेका लागि घोषणा भएको निर्वाचन सम्बन्धि कामहरु सुरु गर्नका लागि कार्यालय खोलिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिस बसन्तराज पौडेलले जानकारी दिए ।
जिल्लामा क्रियाशिल राजनितिक दलका नेता कार्यकता सम्बन्धित विषयगत सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिको उपस्थितीमा आईतबारबाट उक्त कार्यालय सञ्चालनमा आएको घोषणा गरिएको छ । कार्यालयको शुभारम्भ गदै मुख्य निर्वाचन अधिकृत पौडेलले अब जिल्लाका सबै निर्वाचन सम्बन्धी गतिविधि सोही कार्यालय बाट हुने जानकारी दिएका थिए ।
उक्त कार्यालय क्षेत्र नम्बर १ को लागि महिला तथा बालबालिका कार्यालय र २ को लागि जिल्ला समन्वय समितिको कार्यालयमा राखिएको छ । निर्वाचन कार्यालय स्थापन भएसँगै आइतबार बाटै निर्वाचन सम्बन्धी आवश्यक तयारी सुरु भईसकेको छ । क्षेत्र नम्बर १ र २ दुबैको प्रदेश सभा सदस्यको कार्यालय पनि सोही ठाउँमा तोकिएको छ । निर्वाचन क्षेत्रको कार्यालय भित्रै प्रदेश सभाको कार्यालय राखिएको छ । दुई क्षेत्र र चार प्रदेश रहेको गोरखामा क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपन्यायधिबक्ता एकनारायण लम्साललाई खटाईएको छ ।
लम्सालले आईबार नै कार्यालय सञ्चालनका लागि गोरखा आएर कार्यभार समेत सम्हालिसकेका छन । गोरखा सँगै पहिलो चरणमा निर्वाचन हुने सबै जिल्लाहरुमा आईबार निर्वाचन कार्यालयहरु स्थापना गरिएको निर्वाचन आयोगले बताएको छ ।


