गोरखा समाचारदाता
असोज २७ गते । १० वर्षीया बालिकालाई जबजस्ती करणी गरेको आरोपमा एक वृद्ध प्रकाउ परेका छन् । भीमसेन गाउँपालिका–६ बोर्लाङका ८५ वर्षीय नुर महमद मियाँले १० रुपैंया दिने प्रभोलनमा भिमसेन गाउँपालिका वडा नम्बर ६ झिगटेका मियाँले बालिकालाई बलात्कार गरेको पीडित परिवारले दिएको जायरीमा उल्लेख छ ।
बुधबार दिउँसो मियाँले बालिकालाई बलात्कार गरेको स्थानीय महिलाले प्रत्यक्ष देखेपछि मात्र प्रहरीमा खबर पुगेको थियो । प्रहरीले बालिकाको उद्धार गरेर गोरखा अस्पतालमा स्वास्थ्य परीक्षण गराएको छ ।
पीडित परिवारले प्रहरीमा जाहेरी दिएसँगै मियाँलाइ बुधवार पक्राउ गरी जवरजस्ती करणी मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


