कैलासवावु श्रेष्ठ/गोरखा
असोज २७ गते । स्थापनाको ६२ बर्ष पार गरेको अवशरमा आज देश भरी नेपाल प्रहरीले आफ्नो स्थापना दिवश विविध कार्यक्रम गरी मनाई रहेका छन ।

यसै क्रममा गोरखाको जिल्ला प्रहरी कार्यालयमा पनि स्थापना दिवशको अवशरमा प्रहरी दिवश सम्पन्न गरीएको छ । प्रहरी उपरिक्षक प्रकाश अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समितीका अध्यक्ष असोक गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

जिल्ला न्याधिश बसन्तराज पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी केशब राज शर्मा, समन्वय समितिका स्थानिय बिकास अधिकारी नारायण आचार्य, पूर्व प्रहरी संगठनका जिल्ला अध्यक्ष नारायण भक्त अर्याल एवं सुरक्षा जिल्लामा रहेका विभिन्न सुरक्षा प्रमुख र संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा खेलकुद तथा संगठन भित्र राम्रा काम गरेकाहरुलाई नगद सहित सम्मानका साथै पूर्व प्रहरी नारायण भक्त अर्याल र बैकुण्ठ प्रसाद अर्यालललाई समेत दोसल्लाह ओडाएर सम्मान गरीएको थियो ।
































