मोहसिन अलि मियाँ/गोरखा
असोज २६ गते । आगमी मंसिर १० र २१ गरि दुइ चरणमा हुने भनिएको केन्द्र र प्रदेशसभा निर्वाचनको चहलपहल दशै सकिए लगत्तै ह्वात्तै बढेको छ । केन्द्र देखि जिल्ला र जिल्ला देखि गाँउ गाँउमा अहिले चुनावी गफले राम्रै स्थान पाएको छ । निर्वाचनको मिति नजिकिदै गर्दा जिल्लामा भने दलहरुलाई उम्मेदवार छान्न निक्कै सकस भएको सहजै अनुमान लगाउन सकिन्छ ।
चाहिने भन्दा धेरै गुणाले उम्मेदवार बन्न इच्छा देखाएपछि हाल जिल्लामा उम्मेदवार छान्न समस्या भइ आएका आवेदनलाई केन्द्रमा सिफारिस गरेर जिल्ला तहको नेतृत्व पन्छिरहेका छन् । तर बाम तालमेल अघि नेपाली काँग्रेस गोरखामा उम्मेदवारको धेरै आकांक्षी देखिए पनि हाल दावी गर्ने मध्ये केही आकांक्षी ‘ब्याक’ हुन सक्ने काँङग्रेस स्रोत बताउछ । काँग्रेसले अब गुट उपगुट नभनी बाम गठबन्धनलाई टक्कर दिन सक्ने र जनतासमक्ष घुलमिल भएका लाई अघि बढाउन सहमत भएको पनि स्रोतको भनाई छ ।
यता जिल्लामा बाम गठबन्धन हुनुअघि टिकटका लागि दौडधुप गरेका धेरैको सम्भावना कमजोर देखिएको छ । शिर्ष नेताहरु नै निर्वाचनमा उठ्ने तयारीमा लागेपछि जिल्ला स्तरका नेता ओझेलमा पर्ने देखिएको छ । दुइ निर्वाचन क्षेत्र रहेको गोरखामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र माओवादी बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ नै उम्मेदवार बन्न लागेपछि अन्यको सम्भावन टरेको हो । प्रदेशमा पनि तिन दललाई भाग लगाउनु परेपछि धेरै आकांक्षीहरु हराउने निश्चित भएको स्रोत बताउछ ।

काँग्रेसको सिफारिसका को–को परे ?
नेपाली काङ्ग्रेस गोरखाले प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेद्वार सिफारिस गरेको छ । उम्मेदवार बन्न आकांक्षी धेरै देखिएपछि काँङग्रेस गोरखाले समय सिमा तोकेर आवेदन नै माग गरेको थियो । प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नं. १ बाट जिल्ला सभापति हरि बहादुर घले, चिनकाजी श्रेष्ठ, राजेन्द्र बजगाईँ, भूगोल थापा, किरणबाबु श्रेष्ठ, देवेन्द्र वाग्ले, वुद्धिप्रसाद श्रेष्ठको नाम सिफारिस गरिएको छ ।
त्यस्तै क्षेत्र नं. २ बाट सुरेन्द्र पाण्डे, कमला पन्त, अब्दुल सत्तार, चेतमान श्रेष्ठ र राजनदेव भट्टको नाम सिफारिस गरिएको काङग्रेस गोरखाले जनाएको छ । त्यस्तै प्रदेशसभाका लागि क्षेत्र नं. १ को प्रदेश नम्बर क बाट धिरन थापा, तुलाराम दाहाल, रेशम गुरुङ, विश्वदेव श्रेष्ठ, जनार्दन अर्याल, परशुराम पन्त, भीमप्रसाद अर्याल, ठाकुर पन्त, भगवानबाबु मास्के, ध्रुव खनाल, जानुका पन्त, कमल अम्गाईँ, क्षेत्र नम्बर १ कै प्रदेश ख बाट नन्दप्रसाद न्यौपाने, ठाकुर पुडासैनी, डिल्लीराम तिमिल्सिना, युवराज बस्ताकोटी, भरत भट्ट, फणिन्द्र भट्ट, धर्मेन्द्रकाजी श्रेष्ठ, रामकृष्ण लामिछाने, सितलकाजी श्रेष्ठ, कृष्णप्रसाद भट्ट, प्रेम खत्रीको नाम सिफारिस भएको छ ।
प्रदेशसभाको क्षेत्र नं. २ को क बाट रविकला खनाल, बलराम खड्का, इमानसिँह बस्नेत, अम्बिका न्यौपाने, पदमप्रसाद भट्टराई, कृष्ण पोखरेल, इश्वर परियार, चन्द्रप्रकास मरहट्टा, इन्द्रमान गुरुङ, चेतनारायण श्रेष्ठ र गेहेन्द्रराज विष्ट, क्षेत्र नम्बर २ कै प्रदेश ख बाट प्रकासचन्द्र दवाडी, गोविन्द गुरुङ, मनकुमारी गुरुङ, सुकदेव दवाडी, ओम गुरुङ, मोहनप्रकाश पोखेरेल र सिपी पोखरेलको नाम सिफारिस गरिएको काँग्रेस गोरखाले जानकारी दिएको छ ।

गोरखामा बाम एकतामा अन्यौल, आ–आफ्नै ढंगबाट उम्मेदवार सिफारिस
केही दिन अघि केन्द्रमा बाम एकता भएता पनि जिल्लामा भने बाम एकताको अन्यौलता देखिएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल बिच भएको चुनावी तालमेल जिल्लामा भने खासै देखिएको छैन । जिल्लामा बाम दल एउटै मञ्चमा समेत बसेर छलफल गर्न नसकेको स्रोत बताउछ । तिन पार्टी बिच एकता भएको घोषणा भएता पनि तिनै दलले आ–आफ्नै तरिकाले आगामी निर्वाचनका लागि उम्मेदवार छान्ने र सिफारिस गर्ने गरेका छन् ।

एमाले गोरखाको लिस्टमा को को छन ?
२०७० सालमा भएको संबिधान सभाको निर्वाचनमा दोस्रो र यसै बर्ष भएको स्थानीय तहको निर्वाचनमा पहिलो बनेको नेकपा एमाले गोरखामा आगामी निर्वाचनको लागि केन्द्र र प्रदेशमा उम्मेदवारका आकांक्षीहरु धेरै भएपछि निर्वाचन नै गरेर नाम सिफारिस गरेका एमाले निकट स्रोत बताउछ ।
बम एकता घोषणा भश्चात नेकपा एमालेले गोरखामा एकल उम्मेदवार घोषणा गरेको हो । गत बिहीबार एमालेले बैठक बसी पार्टीको तर्फबाट सबै निर्वाचन क्षेत्रमा अलग्गै उम्मेदवार सिफारिस गरेको जनाएको छ । प्रतिनिधिसभाका लागि क्षेत्र नं. १ बाट एकमात्र उम्मेद्वार यादव बस्नेतको नाम सिफारिस गरेको एमालेले क्षेत्र नम्बर २ मा भने विकलकुमार श्रेष्ठ, वुद्धि दवाडी र मैती सुनारको नाम केन्द्रमा सिफारिस गरेको बताइन्छ ।
त्यस्तै क्षेत्र नम्बर १ को प्रदेश क मा रामशरण बस्नेत र सुरेन्द्र थापा र ख मा कृष्ण नेपाली र टेकराज भट्टको नाम सिफारिस गरेको एमाले निकट स्रोत बताउछ । क्षेत्र नम्बर २ को प्रदेश नम्बर क मा हरि काफ्ले र प्रकाश न्यौपाने र प्रदेश नम्बर ख मा देवराज श्रेष्ठ र विश्वज्योति बानियाँको नाम सिफारिस गरेको छ ।

नेकपा माओवादी केन्द्रको सुचीमा को–को ?
०६४ र ०७० को निर्वाचनमा गोरखाको तीनवटै निर्वाचन क्षेत्र जितेको माओवादी केन्द्रले पनि आगामी निर्वाचनका लागि उम्मेदवार केन्द्रमा सिफारिस गरेको छ । क्षेत्र नम्बर १ मा प्रत्यक्षमा हरि अधिकारी, कृष्ण धिताल र लोकप्रसाद बञ्जराको नाम सिफारिसमा परेको छ भने क्षेत्र नम्बर २ मा पार्टीका बरिष्ठ नेता समेत रहेका नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे र चुडामणि खड्काको नाम सिफारिस गरेको छ ।
त्यस्तै क्षेत्र नम्बर १ को प्रदेश क मा लेखबहादुर थापा, माया चेपाङ र जानुका पौडेलको नाम सिफारिस गरेको छ । प्रदेश ख का लागि ऋषि खनाल, स्थिरप्रसाद खनाल र निमा लामाको नाम सिफारिस गरेको छ । क्षेत्र नं. २ को क बाट कमला नहर्की, विवश चिन्तन र बन्दना पाण्डेको नाम सिफारिस गरेको छ । त्यस्तै, क्षेत्र नं. २ को प्रदेश ख बाट अमर तमु, दीपक देवकोटा र भगवती तिवारीको नाम सिफारिस गरेको छ ।
त्यस्तै नयाँ शक्ति पार्टी नेपालले अन्य उम्मेदवारको नाम सिफारिस नगरेको भएता पनि पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले भने गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको लागि उम्मेदवार बन्ने पटक पटक घोषणा गरिसकेका छन् । यसै क्षेत्रबाट ६४ सालको निर्वाचनमा माओवादीबाट सर्वाधिक मतका साथ डा. भट्टराई बिजयी भएका थिए ।

राप्रपामा को ?
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका अकांक्षिको नाम सिफारीस गरेको छ । प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा प्रत्यक्ष तर्फ केन्द्रिय सदस्य हिक्मत जंग भण्डारी र पार्टी सह प्रवक्ता मोहन श्रेष्ठको नाम सिफारीस गरेको छ । समानुपातिक तर्फ राम मायाँ केसी, इश्वर वसनेत, दिल वहादुर केसीको नाम सिफारीस गरिएको राप्रपाका सचिव सुदिप ढकालले जानकारी दिए ।
त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्वर २ मा प्रत्यक्ष तर्फ शंकर राज अधिकारी, राजन राज देवकोटा र सुसिल पन्तको नाम सिफारीस भएको छ । समानुपातिक तर्फ भगवान मल्ल, शेरवहादुर लामा र रेशम पोखरेलको नाम सिफारीस भएको राप्रपाले जनाएको छ ।
क्षेत्र नम्बर १ को प्रदेश क मा प्रत्यक्ष तर्फ पुर्ण जंग भण्डारी, विष्णु हरी अर्याल र रामचन्द्र पन्तको नाम सिफारीस भएको छ । समानुपातिक तर्फ सम्झना लामिछाने, पुर्ण वहादुर गान्धारी र मान वहादुर श्रेष्ठको नाम सिफारीस गरिएको छ ।
प्रदेश नम्वर ख अन्तर्गत प्रत्यक्ष तर्फ सुदिप ढकाल सर्वसम्मत उमेदवार वनेका छन् । समानुपाति तर्फ भने किशोर ढकाल, पान मायाँ सिंखडा र विरमान गुरुङको नाम सिफारीस भएको राप्रपाले जनाएको छ ।
त्यस्तै क्षेत्र नम्बर २ को प्रदेश नम्वर क मा उमा निधि पाण्डे र रोलक वहादुर थापाको नाम सिफारीस गरिएको छ । समानुपातिक तर्फ पार्व्ति भुजेल, राधिका कुमालर सिताराम भण्डारीको नाम सिफारीस गरिएको राप्रपाले जनाएको छ । ख अन्तर्गत प्रत्यक्ष तर्फ कुल वहादु वस्नेत, रामराज कोइराला र विष्णु प्रसाद पोखरेलको नाम सिफारीस भएको छ । समानुपाति तर्फ कुमारी लामा, काजि मियाँ र कला पनेरुको नाम सिफारीस गरिएको राप्रपा गोरखा निकट स्रोतले जनाएको छ ।


