नरेन्द्र ढकाल/गोरखा
देशमा राजनितिक परिर्वतन बाट ऐतिहासिक उपलब्धी हासिल भईसकेकोले अब तिब्र आर्थिक लाग्नु पर्ने राष्टूपती विद्यादेवी भण्डारीले बताएकी छिन् । गोरखाको पालु्ङटारमा आयोजित गोरखा लिगलिग पालुङटार भवानी शैक्षिक तथा धार्मिक महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । ‘अब हामी सबै मुलकको तिब्र आर्थिक उन्नतीमा लाग्नुपर्छ ।’ स्थानीय निर्वाचन सफलता पूर्वक सम्पन्न भईसकेको र आगमी मंसिरमा प्रदेश र संघिय निर्वाचन पनि हुने निश्चित भएकाले उक्त कुरा संबिधान कार्यान्यवनका हिसाबले महत्वपुर्ण भएको उनको भनाई छ । अब सबै मिलेर राष्ट्रिय एकता कायम गर्दै मुलकको बिकास स्थिरतामा लाग्नुमा उनको जोड छ ।
गोरखाको पालुङटारमा देशकै नमूना क्याम्पस निर्माण गर्ने उदेश्यले आर्थिक संकलनका लागि गरिएको उक्त महोसत्व उद्घाटन गर्न गोरखा आएकी राष्ट्रपति भण्डारीले महोत्सवले धार्मिक जागरण समेत बढाएको बताएकी छिन् । राजा दब्य शाहले राज्य गरेको ऐतिहासिक लिगलिगकोटका फेदीमा पालुङटार नगरपालिकाको ठाँटी पोखरीमा रहेको भवानी बहुमुखी क्याम्पसको प्राङगढमा भएको उक्त कार्यक्रममा उपस्थित सर्वसधारणहरुलाई संबोधन गर्दै राष्ट्रपती भण्डारीले धार्मिक तथा सास्कृतिक रुपमा नेपालीहरु धनी रहेको भन्दै आफ्नो परम्परा बचाईराख्न सबै चनाखो हुनु पर्नेमा जोड दिनुभयो ।
‘धर्म सस्कृति जोगाउँदै क्याम्पसको स्तरउन्नती गर्नको लागि महोत्सव गरिनु निकै सुुखद कुरा हो ।’ उनले भनिन । करिब २ घण्टा गोरखामा रहेकी उनले नेपाल राज्यको एकिकरणका लागि गोरखा र पालुङटारले खेलेको भुमिका र तत्कालिन राजा राम शाह र पृथ्वीनाराण शाहको योगदानको समेत चर्चा समेत गरिन । महोत्सवमा संकलन भएको रकमबाट उक्त भवानी बहुमुखी ब्याम्पसको पुर्वाधार विकासमा खर्च गर्ने योजना रहेको आयोजकले जनाएको छ । ।
कार्यक्रम पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, सांसद कमला पन्त, पूर्वमन्त्री बाचश्पती देवकोटा, मुस्लिम संघ नेपालका केन्द्रिय सभापति अब्दुल सत्तार, पालुंटार नगरपालिकाका नगर प्रमुख दिपक बाबु कडेल लगायतले महोत्सवको सफताको शुभकामना दिदै सबै धर्म सास्कृतीको संरक्षण गर्दै आर्थिक विकासमा लाग्नु पर्नेमा जोड दिएका थिए । उक्त महोत्सवमा पण्डित गोबिन्द शरणमहाराजले श्रीमद्भागवत महापुराण बाचन गर्नुका साथ विभिन्न धर्मका गुरुहरु बाट धार्मिक प्रवचन दिने कार्यक्रम रहेको छ ।


