कैलासबावु श्रेष्ठ/गोरखा
असोज १८ गते । गोरखा जिल्लाको दुई फरक स्थानमा घटेको घटनामा परी दुई जनाको मृत्यु भएको छ । गोरखा नगरपालिका १३ मा ३ बर्षिया बालिकालाई ट्याक्सीले ठक्कर दिदाँ नेबिसा गुरुङ्ग र गोरखा नगरपालिका ४ अमराईमा बस्ने ५६ बर्षिय विण्णु बहादुर कुमाललको दरौदी नदीले बगाउदाँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
प्राप्त विवरण अनुसार गएको सोमबार साँझ ६ बजेको समयमा गो.न.पा. १३ तिनकोलो भन्ने स्थानमा बा.१ ज ४३४९ नम्बरको ट्याक्सीले सडकमा डक्कर दिदाँ रसुवा नौ कुण्ड गाउँ पालिका ५ बस्ने ३ बर्षिया नेबिसा गुरुङ्गको मृत्यु भएको थियो । ठक्कर दिए लगत्तै उपचारको लागि तनहुँको डुम्रे बजारमा रहेको लक्ष्मी अस्पतालमा पुरयाइएका गुरुङ्गलाई मृत्त घोषणा गरीएको थियो ।
घटनामा संलग्न चालक मकवानपुर जिल्ला फापरवारी गाउँ पालिका १ बस्ने ३० बर्षिय श्याम कुरमा थोकर र ट्याक्सी नियन्त्रणमा लिई आवश्यक अनुसान्धान भै रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक भेषराज रिजालले बताए ।
सोमबार नै सिरानचोक गाउँ पालिका घर भै गो.न.पा. ४ अमराई बस्दै आएका बिण्णु बहादुर कुमाललाई दरौदी नदीले बगाउदा कुमालको मृत्यु भएको थियो । कुमाललाई दरौदी नदी तर्ने क्रममा नदीले बगाएको थियो ।
मृक्तक कुमाललको शब मंगलबार बिहान ७ बजे सिरानचोक गा.पा.४ स्थित दरौदी र भुसुण्डी खोलाको दोभानमा फेला परेको प्रनाउ रिजालले बताए । मृक्तक दुवैको लाश आवश्यक प्रकृया पुरा गरी परिवारको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।


