गोरखा समाचार
असोज १० गते । लिगलिग दौडको उपाधी खगेन्द्र रानाभाटले जितेका छन् । गोरखो लिगकोटमा हरेक वर्ष आयोजना हुँदै आएको परम्परागत लिगलिगे दौडको आठौ संस्करणको उपाधी डोटीका रानाभाटले जितेका हुन् । नेपाल सेनाका धावक रानाभाट कुल १३ दशमलब ८ किलोमिटर दुरी एक घण्टा २ मिनेटमा पुरा गरेको आयोजक लिगगिकोट बिकास अभियानले जानकारी दिएको छ । उनलाई खेलकुद मन्त्री राजन केसीले प्रतिकात्मक रुपमा एक वर्षको लागि राजा घोषणा गरी श्रीपेज लगाईदिएका हुन् । उपधी सँगै रानाभाटले नगद ५० हजार ५०५ रुपयाँ पुरस्कार पनि जितेका छन् ।
चेपे र मस्याङ्दीको दोभान चेपेघाट सम्मको कुल १३ दशमलब ८ किलोमिटर दुरी पुरा गर्दै रामजी बस्नेत दोश्रो भएका छन् । उनले एक घण्ट ४ मिनेटमा निर्धारित दुरी पार गरेका हुन् । बस्नेतले भने ३० हजार ३ सय ५ रुपैंया नगद पुरस्कार पाएका छन् । यसैगरीसबिन बस्नेत एक घण्टा ५ मिनेट ३८ सकेण्डमा दौड पुरा गरेर तेस्रो भएको भएका छन् उनले नगद २० हजार दुई सय ५ रुपैंया पुरस्कार पाएका छन् । उनीहरु दुबै जना नेपाली सेनाका धावक रहेको लिगलिग कोट विकास अभियानका उपाध्यक्ष सरोज देवकोटाले जानकारी दिए । उक्त दौडमा एक सय १७ जना धावकहरुको सहभागिता रहेको थियो ।
त्यस्तै समावेशी महिलातर्फको ५ किलो मिटर दुरी पुरा गरी धादिङकी सन्तोषी श्रेष्ठ पहिलो भएकी छिन् । उनले ३९ मिनेटमा दौड पुरा नगद १५ हजार ५ सय पुरस्कार जितेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सानुमाया कार्कीले ४५मिनेटमा निर्धारित दुरी पार गर्दै द्धितीय र मिरा श्रेष्ठ ४८ मिनेट दौडिएर तृतीय भएका छन् । उनीहरुले क्रमश १० हजार ५ र ५ हजार ५ रुपैंया पुरस्कार पाएको उपाध्यक्ष देवकोटाले जानकारी दिए ।
त्सस्तै लिगलिगबासी स्थानीयहरु विचको प्रतिस्पर्धामा अमिर सिं पहिलो भएका छन् । यसैगरी सूर्य बहादुर बिक दोश्रो र राजन नेपाली तेश्रो भएको आयोजकले बताएको छ । उनीहरुले पनि क्रमश १० हजार ५ र ५ हजार ५ रुपैंया पुरस्कार पाएको हुन् ।
लिगलिगे दौडको उपाधी रानाभाटलाई
लिगलिगे दौडको उपाधी रानाभाटलाई
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



