नरेन्द्र ढकाल/गोरखा
असोज १० गते । भुकम्प गएको पछिको तेश्रो वर्षको दशै पनि टहरामा मनाउने तयारी पिडितहरु जुटेका छन् । ३ वर्ष सम्म घर नबनाएकाहरु भत्किएको टहरो सझाएर दशै मनाउँदैछन ।‘के गर्नु घर बनाउन सकिएको छैन, जसरी भएपनि दशै त मान्नै प¥यो’शहिद लखन गाउँपालिका वडा नम्बर ७ मकैपुरकी निरमायाँ परियारले भनिन् । फुलपातीको अघिल्लो दिन साँझ हामी पुग्दा उनी घर सजावटमा लागेकी थिइन् ।‘घर लिप पोत गरौं भने जस्ताले बारेको छ भुँई पोते, कपडा धोएँ अरु के तयारी गर्नु’ परियारले भनिन् ।
निरमायाँका श्रीमान बैदेशिक रोजगारको शिलशिलामा घर बाहिर छन् । उनकै तहरा जोडिएको अर्को घरमा कैलीमायाँ परियार बस्छिन्, उनी एकल महिला हुन् कामदार नपाएका कारण घर नबनाएकी उनले यसपालीको दशै पनि टहरामै मनाउने तयारी गरेकी छिन् । बुहारी र नाती नातिना लिएर बसेकी कैलीमायाँका छोरा पनि बिदेश गएका छन् । दलाल ठगेर विदेश पुरयाएका उनीको कमाई राम्रा नभए पछि अहिले सम्म घर फर्कन सकेका छैनन् । तैपनी सस्कृति धान्नकै लागि भए पनि उनको परिवार अहिले दशै मनाउने तयारीमा जुटेको छ । यो प्रतिनिधि मुलक घटना हो जिल्लाका अधिकाशं ग्रामिण भेगका पिडितहरुको कथा यस्तै छ ।
उनीहरुले टहरामै जमरा राखेर दशै मनाउन थालेको ३ वर्ष भईसक्यो तर अझै पनि घर बनाउन सकेका छैन् । सिरानचोक ३ हर्मीका सूर्य बहादुर ढकाल भन्छन्‘घर बनाउन सकेको छैन्, वर्ष दिनमा आउने चाड त टहरामै भएपनी मनाउनु प¥यो नी परम्परा भुल्न सकिदैन ।’ सक्षम केही पिडितहरुले सरकारी रकम सँगै केही आफूले खर्चेर घर बनाए पनि गरिब तथा विपन्न समूदायका अधिकाशं मानिसहरुले घर बनाएका छैनन् । करिब ६० हजार घर भत्किएको गोरखामा झण्डै १० हजारले मात्र नयाँ घर बनाएका छन् ।
अन्य सबैले टहरा वा भत्किएको घरमै दशै मनाउने तयारी गरेका हुन् । सरकारले दिएको निजि आवास अनुदान पहिलो किस्ता बुझेर बसेका धेरै पिडितहरुले कामदार अभावका कारण पनि घर बनाउन नसकेको बताएका छन् । वृद्धवृद्धा, एकल महिला तथा अशक्तहरुलाई बढि समस्या छ । त्यसैले उनीहरु यस वर्षको दशै पनि टहरामा बनाउन तयारीमा छन् । घटस्पनाबाट दशै सुरु भए पनि आज फुलपाती देखि पुर्णिमा सम्म यो पर्व मुख्य रुपले मनाउने गरिन्छ । यसवर्षको दशैको टिकाको साईत अशोज १४ गते विहान ११ः५५ मिनेट जाँदा सबै भन्दा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।


