कैलासबावु श्रेष्ठ/गोरखा
असोज १० गते । गोरखाको सामागाउँमा रहेको मनास्लु हिमाल आरोहणका क्रममा बेलायती नागरीक फिलिप हार्वरको लेकको लेक लागेरका मृत्यु भएको छ ।
हिमाल आरोहणका क्रममा क्याम्प ३ मा पुगेका ४७ बर्षे फिलिपको लेक लागेर मृत्यु भएको हो । हिमालयन गाइड कम्पनी मार्फत आरोहणका लागि गएका फिलिपको ज्यान गएको कम्पनीले पुष्टी गरेको छ । ‘क्याम्प ३ मा पुगेको बेलायती नागरिक फिलिपलाई लेक लागेको कारण मृत्यु भएको’ कम्पनीका प्रबन्धक ईश्वरी पौडेलले बताए ।
फिलिपको समूहमा ८ जना रहेको छ । कम्पनीले दिएको जानकारी अनुसार मृक्तक फिलिपको लास हेलि मार्फत राजधानी लाने तयारी भै रहेको छ ।
विश्वमा नै ‘किलर माउण्टेन’ भनेर पहिचान बनाएको मनास्लुमा हिम पहिरो तथा लेक लागेर ज्यान जानु सामान्य जस्तै मानिन्छ । हिमाल आरोहणकालागि निकै उपयुक्त मानिने यो मौषमा अहिले मात्रै ५ सय भन्दा बढी पर्यटक हिमाल आरोहणका लागि ब्यस्त छन ।
मनास्लु आरोहणका क्रममा मृत्यु
मनास्लु आरोहणका क्रममा मृत्यु
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















