- उम्मेदवार छान्न सकस
नरेन्द्र ढकाल/गोरखा
असोज ९ गते । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा आकांक्षी धेरै भए पछि नेपाली कांग्रेस गोरखाले आवेदन लिएको छ । निर्वाचनमा उठ्ने इच्छा देखाएकाहरुसँग कांग्रेसले आवेदन मागेको हो । ‘उम्मेदवारी दाबी गर्नुभएका साथीहरुसँग आवेदन मागेका छौ, इच्छुकहरुले नाम दर्ता गराउनु भएको छ’ नेपाली कांग्रेसका प्रवक्ता नारायण लामिछाने भने । केन्द्रिय कार्यालयले सके सहमती गर्ने नसके १ क्षेत्र बाट कम्तिमा ३ जनाको नाम छनोट गरी पठाउन भनेपछि पहिलो पटक दस्तुर सहित आवेदन मागिएको हो । जसअनुसार प्रतिनिधि सभाका आकाक्षीले ५ हजार र प्रदेश सभाका आकांक्षीले ३ हजार रुपयाँ दस्तुर बुझाएर आवेदन भरेका छन् । स्थानीय तह निर्वाचनमा राम्रोे नजिता ल्याएको कांग्रेसले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन पनि सुखःद नतिजा ल्याउने कसरतमा देखिन्छ । उसको मुख्य प्रतिस्पर्धी माओवादी केन्द्र र नयाँशक्तिले गोरखामा शीर्ष नेताहरु उठाउने तयारी गरेपछि आन्तरिक तयारी गर्न कांग्रेस आंकाक्षी सबैको आवेदन लिएको एक नेताले बताए ।‘हाम्रो पार्टीमा सबै नेता सक्षम हुनुहुन्छ तर कसैको प्रभाव बलियो पनि हुन सक्छ, त्यसैले कस्लाई कहाँ उठाउँदा जित्न सहज हुन्छ भन्ने कुराको अध्ययन गर्न सजिलो होस् भनेर आकांक्षी सबैको आवेदन लिईएको हो’ कांग्रेसका एक नेताले गोरखा समाचारसँग भने । प्र्राप्त आवेदनलाई क्षेत्रिय कार्यसमितिको बैठक राखेर सर्वसम्वतको प्रयास गर्ने यदि सहमती नभए केन्द्रमा सिफारिस गरी पठाउने कांग्रेसले बताएको छ । काग्रेसको क्षेत्रिय कार्यसमितिका बैठक आज बस्ने तयारी छ ।
प्रदेश नम्बर १ मा को छन त आंकाक्षी ?
नेपाली कांग्रेसको तर्फबाट गोरखा क्षेत्र नम्बर १ मा प्रत्यक्ष तर्फ जिल्ला सभापती हरिबहादुर घले, पूर्व सभापती एवं काग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठ, पूर्व सचिव किरणबाबु श्रेष्ठ, पूर्व कोसाध्यक्ष भुगोल थापा र राजेन्द्र बजगाइँले आवेदन दिएका छन् । सभापती घले संविधान सभा निर्वाचन २०७०मा क्षेत्र नम्बर ३ बाट पराजित भएका थिए । मतदाता नामावलीमा क्षेत्र नम्बर २ को बारपाकमा नाम रहेका उनी यसपटक क्षेत्र नम्बर १ बाट उठ्ने तयारीमा छन् । यसैगरी समानुपाती तर्फबाट अहिले पनि सांसद रहेका चीनकाजी श्रेष्ठ यसपालीको निर्वाचनमा प्रत्येक्ष चुनाव लड्ने कसरतमा देखिएका छन् ।संविधान सभा निर्वाचन २०७०मा गोरखा क्षेत्र नम्बर पराजित भएका किरणबाबु श्रेष्ठले पनि फेरी टिकट दाबी गरेका छन् । राजेन्द्र बजगाइँ र भुगोल थापा निवार्चनका लागि नयाँ अनुहार हुन् । क्षेत्र नम्बर १ मा देवेन्द्र वाग्ले र बुद्धि प्रसाद श्रेष्ठले पनि आवेदन दिएका प्रवक्ता लामिछानेले जानकारी दिए । समानुपातिक तर्फ भने पुर्व सांसद जीवनप्रेम श्रेष्ठ, ट्रेड युनियन कांग्रेसकी कमला लामिछाने, आदीबासी जनजाती महासघंका केन्द्रिय जगतबहादुर बराम र माला गुरुङले आवेदन बुझाएका छन् ।
यसैगरी क्षेत्र नं. १ को प्रदेशसभा १ मा प्रत्यक्षतर्फ एक दर्जनले आवेदन भरेका छन् । क्षेत्र नम्बर १ का सभापती धिरन थापा, बिश्वदेव श्रेष्ठ, जनाद्र्धन अर्याल, रेशम गुरुङ, भीमप्रसाद अर्याल, तुलाराम दाहाल, परशुराम पन्त, ठाकुरप्रसाद पन्त, जानुका पन्त, कमल प्रसाद अम्गाई भगवानबाबु मास्के र ध्रुवप्रसाद खनालको आवेदन परेको छ । कृष्ण बहादुर आले,हरि बहादुर गान्धारी, अलिउल्ला मियाँ, पंफा गान्धारी, कमला लामिछाने, नारायण प्रसाद लामिछाने, पुष्पा श्रेष्ठ, टिका श्रेष्ठ र राममायाँ श्रेष्ठले समानुपातिक सिटका लागि आवेदन भरेको नेपाली कांग्रेस गोरखाले जानकारी दिएको छ ।
यसैगरी क्षेत्र नं. १ को प्रदेशसभा २ मा पनि झण्डै १ दर्जन आकाक्षीहरु देखिएका छन् । जिल्ला सचिव नन्द प्रसाद न्यौपाने,डिल्लीराम तिमिल्सीना, फणिन्द्र भट्ट, भरत भट्ट, ठाकुर प्रसाद पुडासैनी,धर्मेन्द्रकाजी श्रेष्ठ, सित्तलकाजी श्रेष्ठ, प्रेमकुमार खत्री, युवाराज बस्ताकोटी र कृष्णप्रसाद भट्टले प्रत्येक्ष पदमा उम्मेदवारी दाबी गरेका हुन् । समानुपातिकतर्फ भने सलाउदिन मियाँ, जीवनराज वन्त,दोलक बहादुर बिक र गोमा ढकालले आवेदन परेकोे प्रवक्ता लामिछानेले जानकारी दिए ।
क्षेत्र नम्बर २ का आकांक्षीहरु
क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ सांसद कमला पन्तले आवेदन दिएकी छिन् । यस अघि पनि पटक÷पटक निर्वाचन जितेकी पन्त २०७० सालको संबिधान सभा निर्वाचनमा भने सरकारले मनोनित गर्ने २६ जनाको सूचिबाट सांसद भएकी थिइन् । उनले यस पटक प्रत्येक्ष निर्वाचन लड्ने तयारीका साथ आवेदन बुझाएकी छिन् । यसैगरी केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, मुस्लिम संघ केन्द्रिय सभापती अब्दुल सतारले पनि प्रत्यक्ष निर्वाचनमा लड्ने आकांक्षा सहित आवेदन दिएका छन् । पाण्डे नेपाली कांग्रेसको केन्द्रमा पहुँच राख्ने नेता मानिन्छ भने अब्दुल सतार स्थानीय स्तरमा राम्रो छबि बनाएका नेता हुन् । यसैगरी पूर्व जिल्ला सभापती चेतमान श्रेष्ठ र राजनदेव भट्टले प्रतिनिधि सभा निर्वाचनमा टिकटको दाबी गरेका छन् । समानुपातिक तर्फ भने मनमाया गुरुङको मात्र आवेदन परेको नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापती गोबिन्द बहादुर गुरुङले जानकारी दिए ।
क्षेत्र नं. २ को प्रदेशसभा १ मा पनि प्रत्यक्षतर्फ एक दर्जन बढि आकांक्षीले आवेदन दिएका छन् । २०७० सालको संविधान सभा निर्वाचनमा हितराज पाण्डेसँग पराजित भएकी रबीकला खनालले यस पटक प्रदेश सभामा प्रत्यक्षतर्फ उठ्ने इच्छा व्यक्त गरेकी छिन भने । दलित संघका केन्द्रिय सदस्य ईश्वर परियार, इमानसिंह बस्नेत, पदमप्रसाद भट्टराई,कृष्णप्रसाद पोखरेल,चन्द्रप्रकास मरहट्टा, चेतनारायण श्रेष्ठ,बलराम खड्का र अम्बिका न्यौपानेले पनि प्रत्यक्ष चुनावमा उम्मेदवारी हुन पाउँ भनि निवेदन दिएका छन् । समानुपातिकमा भने मसलीमायाँ थोकर,चेत बहादुर गुरुङ, डाक्टर मोदनाथ मरहट्टाको नाममा आवदेन परेको क्षेत्रिय सभापती गुरुङले जानकारी दिए ।
यसैगरीक्षेत्र नं. २ को प्रदेशसभा २ मा क्षेत्रिय सभापती गोबिन्द गुरुङले उम्मेदवारी दाबी गर्दै आवेदन दिएका छन् । यसैगरी महिला सघंकी जिल्ला सभापती मनकुमारी गुरुङ, नेपाली काँग्रेसका पूर्व जिल्ला उपसभापती मोहन प्रकाश पोखरेल, सचिव सुकदेव दवाडी, नेबिसंघका पूर्व केन्द्रिय सदस्य ओम गुरुङ, सिपी पोखरेल र प्रकाशचन्द्र दवाडीले प्रदेश सभाका लागि प्रत्यक्ष पदमा दाबी गर्दै इच्छापत्र बुझाएका छन् । समानुपातिक तर्फ सलाउदिन मियाँ,गौरी तमाङ, इन्द्र गुरुङ,जनक कुमारी कोइराला,मिना अधिकारी र सुनिता पोखरेलले आवेदन दिएको क्षेत्रिय सभापती गुरुङले जानकारी दिए ।




















