नरेन्द्र ढकाल/गोरखा
असोज ८ गते । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले अरुलाई हराउन नभई आफै जित्न निर्वाचनमा होमिएको बताएका छन् । आसन्न प्रतिनिधि सभा निर्वाचनमा जन्मथलो गोरखाको क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने घोषणा गरेका उनले आफ्नो जित सुनिश्चित भएको दाबी गरे ।‘म अरुलाई हराउन होइन आफै जित्ने चुनाब लड्दै छु,यदि कसैलाई त्यस्तो लाग्छ भने त्यो भम्र हो’ प्रेस सोसाईटी गोरखाले जिल्ला सदरमुकाम गोरखामा गरेको पत्रकार भेटघाटमा बोल्दै भट्टराईले भने । केही दिन अघि गोरखा आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भट्टराई आफु जित्न नभई माओवादीका उम्मेदवारलाई हराउन लागि परेको आरोप लगाएका थिए । उक्त क्षेत्रमा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उठाउन तयारी भएपछि शीर्ष नेताहरुको जुहारी चलेको हो ।‘प्रतिस्पर्धी जति सक्षम भयो मलाई उति उर्जा पैदा हुन्छ’ भट्टराईले भने । आफ्नो स्कुले जिवनको स्मरण गर्दै उनले डाक्टर उपेन्द्र देवकोटा सक्षम प्रतिस्पर्धी भएकै कारण आफु पढाईमा अब्बल भएको समेत दाबी गरे । ‘स्कुल पढ्दा उपेन्द्र जी क्लासमा पहिलो हुनुहुन्छ की भन्ने ठुलो चिन्ता हुन्थ्यो र मेहनत गरेर पढ्थे,फलस्वरुप म एसएलसीमा बोड फस्ट भए उहाँ दशौ हुनु भयो त्यसले हामी दुबैलाई फाईदा भयो ।’ नारायणकाजी श्रेष्ठसँग हुने चुनावी प्रतिस्पर्धा आफ्ना लागि रोचक हुने उनेको भनाई छ । त्यसका लागि आफु तयार रहेको उनले बताए ‘उहाँ सक्षम उम्मेदवार हो उहाँसँगको प्रतिस्पर्धा पक्ै रोचक हुन्छ, मलाई यस्तै मज्जा लाग्छ, म प्रतिस्पर्धामा उत्रिन तयार छु ।’
केही दिन अघि देखि निर्वाचनको तयारीमा लागेका भट्टराईले गोरखा क्षेत्र नम्बर २ को पालुङटारमा सम्पर्क कार्यालय समेत स्थापना गरिसकेका छन । पालुङटार र जिल्ला सदरमुकाममा दुई छुट्टाछुट्टै भेला गरिसकेको उनले गोरखाको बिकास र समृद्धि नै आफ्नो चुनावी नारा हुने बताए ।‘म र हिसिला जी सत्तामा हुँदा थालेका थुप्रै कामहरु अधुरा छन् त्यसलाई पुरा गर्ने योजनाका साथ म फेरी जनता माझ जादै छु ’ भट्टराईले भने । आफु शक्तिमा छँदा जिल्लाको सरमुकामबाट गाउँगाउँमा सडक पु¥याएको, आधा दर्जन भन्दा बढि पक्की पुलहरु निर्माण गरेको, अन्य थुप्रै दिर्घकालिन महत्वका कामहरु गरेका भन्दै उनले जनताले आफैलाई बिजयी गराउने दाबी गरे ।
देशका सबै ठाउँमा उम्मेदवार उठाउने तयारीका साथ नयाँ शक्तिले आकांक्षीहरुको विवरण संकलन गरिरहेको भन्दै भट्टराईले आवश्यकता आधारमा विचार मिल्नेसँग चुनावी एकता गर्ने समेत बताए । निर्वाचनमा प्रत्यक्ष निवार्चित कार्यकारी प्रमुखको एजेण्डा सहित जनता माझ जाने तयारी गरेको भन्दै उनले माओवादी केन्द्रले पनि उक्त एजेण्डा उठाएकोमा खुसि व्यक्त गरे ।‘प्रचण्डजीले ढिलै भए पनि मेरो एजेण्डालाई अघि सार्नुभएको छ म उहाँलाई धन्यवाद दिन चाहान्छु, अहिलेको व्यवस्थाले देश अस्थिर भयो, कार्यकारी प्रमुख प्रत्येक्ष नै निर्वाचित हुनु पर्छ’ भट्टराईले भने । आफूहरु थे्रस होल्डकै पक्षमा रहेको भन्दै नयाँ शक्ति बैकल्पिक शक्तिको रुपमा उदाउने उनको दाबी छ ।
स्थानीय निर्वाचनको छोटो समिक्षा गर्दै उनले आफुहरु पराजित हुनुमा चुनाव चिन्ह नै कारण भएको टिप्पणी गरे ‘आँखा नै फुटाउने काम भयो, आँखा नदेखे पछि छामछाम छुमछुम गर्दै यात्रा गर्न कठिन हुन्छ ।’ नयाँ शक्तिले आगामी असोज १६ गते सबै जिल्लाहरुमा आकांक्षीहरुको नाम संकलन गरी केन्द्रमा पठाउने र त्यसको केही दिन भित्र सबै उम्मेदवारको नाम टुंगो लगाउने बताएको छ । भट्टराई श्रीमती हिसिला, छोरी मानुसी र पार्टीका केही शीर्ष नेता सहित गोरखा आएका हुन् ।
अरुलाई हराउन होइन जित्न चुनाव लड्न लागेको हुँः डा. भट्टराई
अरुलाई हराउन होइन जित्न चुनाव लड्न लागेको हुँः डा. भट्टराई
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


