- दिउसो साढे चार बजे देखी सवारी सुचारु, साँझ सम्म विद्युत सुचारु हुन सक्ने अनुमान
कैलासबावु श्रेष्ठ/गोरखा
असोज ७ गते । गोरखा नगरपालिका १३ को पाँचकिलो भन्ने क्षेत्रमा सडक माथिबाट अचानक खसको रुखका कारण बिद्युत अबरुद्व भएको छ भने सवारी भने दिउसो ४ः३० बजे प्रहरीको सहयोगमा खुलाईएको छ ।

आँबुखैरेनी देखी गोरखा सदरमुकाम सम्म आएको ३३ केभिए लाईनमा दिउसो १२ः३० बजे अचानक सडक माथिबाट खसेको रुखका कारण बिद्युत र सवारी आवागमन पुर्ण रुपमा अबरुद्व भएको थियो । सवारी भने नेपाल प्रहरीको सहायतामा ईलेक्ट्रिक आराले रुखलाई टुक्रा टुक्रा पारेर जेसिभी लगाएर हटाए पछि दिउसो ४ः३० बजेबाट यातायात सुचारु भएको थियो ।

बिद्युत लाईन भने मर्मत भै रहेका कारण साँझ पख सम्म सुचारु हुन सक्ने अनुमान गरीएको छ । रुख ढल्दा ३३ केभिएको तिनवटै तार छिनेको छ भने पिन इन्सुलेटर, कन्डक्टर र प्यानलाई पुर्ण क्षेति पारेको छ । पोलमा भने सामान्य क्षेति भएको बिद्युत प्राधिकरण गोरखा शाखाका प्रमुख माधव न्यौपानेले जानकारी दिए ।

घटनाको जानकारी पाउनासाथै शाखा प्रमुखको नेतृत्वमा १३ जना कर्मचारीहरुले दिउसो १ः३० बजे बाट काम गरी रहेको छ । राती अबेर सम्म काम गरेर भए पनि बिद्युत सुचारु गर्ने शाखा प्रमुख न्यौपानेले बताए ।


फोटो सौजन्य बुद्वि श्रेष्ठ/माधव न्यौपाने




















