- लुकी बसेको अवस्थामा दुई जना हजुरमा आमाको घरबाट र एक जना जंगलबाट
कैलासबावु श्रेष्ठ/गोरखा
असोज ७ गते । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको फरार ३ बन्दी प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । नियन्त्रणमा रहेको ३ जना मध्ये २ जना सदरमुकामबाट र १ जना आहाले भञ्ज्याङ्गको जंगलबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको छ । ‘फरार मध्ये अभिषेक अधिकारी र सन्दिप सुर्खेतीलाई सदरमुकामकै रानीबन क्षेत्रबाट बिहानै फक्राउ गरीएको र दिपेश मजकोटीलाई भने आहालको जंलगबाट पक्राउ गरीएको’ प्रहरी निरिक्षक रामचन्द्र शाहले जानकारी दिए ।
पक्राउ परेका मध्ये अधिकारी र सुर्खेतीलाई गोरखा सदरमुकामको रानीबन क्षेत्रमा अधिकारीको हजुर आमाको घरमा लुकी छिपी बसेको अवस्थमा बिहान ८ः४५ बजे प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो भने मजकोटीलाई गोरखा नगरपालिका ८ को आहाले भञ्ज्याङ्गको जंगलबाट दिउसो १ः१० मा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
शुक्रबार राती भागेको ३ जनालाई पक्राउ गर्न २५ जना प्रहरीहरु परिचालन गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
‘रानीबन क्षेत्र बाट समातिएका अधिकारी र सुर्खेती भने गोनपा ६ ढाडगाउँ समिति चौतारामा रहेको अधिकारीको हजुरमा आमा नाता पर्ने राम मायाँ गुरुङ्गको घरमा लुकी बसेको अवस्थामा पक्राउ गरेको र उनीहरुकै बयानका आधारमा मजकोटीको खोजी गर्दा आहालेको जंगलबाट पक्राउ परेको’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक भेषराज रिमालले बताए ।
राती एकै पटिक भागेको उनीहरु जिल्ला प्रहरी कार्यालय परिषरमा बन्दै गरेको नयाँ भवनबाट बिसौनी मोडमा उक्लीएर अधिकारी र सुर्खेती शक्ति स्कुलको छेवैबाट ढाँडगाउँ उक्लिएका थिए भने मजकोटी बिसौनी मोडबाट तल झरेर गोरखा अस्पताल हुदै आहालेको जंगलमा लुकी बसेका थिए ।
थप कानूनी कारवाही के हुने त ?
अपराध गरेको आरोपमा पक्राउ परेको तिनै जनालाई सार्वजनिक मुद्वा दर्ता गरी अनुसन्धान भै रहेको छ । मजकोटीलाई भाद्र १८ गते म्याद थप गरी अनुसन्धान भै रहेको थियो भने अधिकारी र सुर्खेतीलाई असोज ६ गते म्याद थप गरी अनुसन्धान भैरहेको थियो ।
चोरी तथा लागु औषध जस्ता अपराध गरेको भन्दै समातिएका तिनै जनालाई बन्दी कक्षबाट भागेको भन्दै थप कानूनी कारवाहीका लागि जिल्ला सरकारी वकिल संग राय लिने काम भै रहेको छ । बिदाका कारण सरकारी वकिल घर गएको कारण आईतबार मात्र यो बिषयमा निर्णय हुने प्रनाउ रिमालले बताए । ‘वकिल साप बिदामा हुनु हुन्छ । आइतबार आउनु हुन्छ । हामी वहाँ संग राय लिने काम गछौ’ भने प्रनाउ रिमालले ।


