- स्कुटी र ट्याक्टर चालक प्रहरी नियन्त्रणमा
कैलासबावु श्रेष्ठ/गोरखा
असोज ७ गते । शुक्रबार दिउसो गोरखाको पालुङ्गटार नगरपालिकाको ठाटीपोखरी बजारमा भएको दुरघटनामा परी एक बाललको मृत्यु भएको छ भने घटनामा दोषी भएको भन्दै स्कुटी र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको घटना विवरण अनुसार शुक्रबार दिउसो स्कुलको बच्चा लिएर घर तर्फ जादै गरेको अर्थात ठाटीपोखरी बजारबाट तनहुँको तुरतुरे तर्फ जादै गरको ग.१२ प ९३०६ नम्बरको स्कुटी अनियन्त्रीत भै पल्टीएको र विपरीत दिशाबाट आउदै गरेको ग.१ त ४८८१ नम्बरको ट्याक्टरले स्कुटीबाट सडकमा लडेको बालकलाई च्याप्दा ५ बर्षिय सुदिन देवकोटाको मृत्यु भएको हो ।
हात र टाउकोको पछाडी भागमा चोट लागेका बालकलाई घाईते अवस्थामा उपचारको लागि पोखरा लगिएको भएता पनि उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक रामचन्द्र शाहले जानकारी दिए ।

घटना दिउसो १ः३० बजे भएको थियो । स्कुटी चालकको चालक लिला बहादुर देवकोटा अनुमति पत्र नभएको र ट्याक्टर चालक राज थापा तथा दुवै सवारी साधान प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । सनिबार जिल्ला प्रहरी कार्यालय गोरखा ल्याईएका दुवैको बिषयमा अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भेषराज रिजालले बताए ।
स्कुटीमा चालक बाहेक पनि ३ जना बच्चा रहेको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुने बालक भने चालकको नाती भएको पुष्टी भएको छ ।




















