कैलासबावु श्रेष्ठ/गोरखा
असोज ७ गते । गोरखा जिल्लामा पहिलो पटक पानीको महशुल ई सेवा मार्फत भूक्तानी गर्न मिल्ने भएको छ । सदरमुकामको पृथ्वी नारायण साना शहरी खानेपानी तथा उपभोत्ता संस्थाले यो सेवा जिल्लामा पहिलो पटक सञ्चालनमा ल्याएको हो ।
खानेपानी उपभोत्तालाई कार्यालय तथा बैंक सम्म पुगेर महशुल भुक्तानीमा समस्या भएको भन्ने जन गुनासा आउन थाले पछि संस्थाले ई सेवा प्रदायक कम्पनी संग सहकार्य गरी अनलाईन मार्फत पानीको महशुल बुझाउने ब्यवस्था गरीएको संस्थाका अध्यक्ष बिनोद अर्यालले बताए ।

ई सेवाले संस्थाका पानी ग्राहक र कार्य समिति पदाधिकारीहरुका लागि एक दिने कार्यक्रम समेत सम्पन्न गरेको छ । ई सेवाका विविध बिषयमा जानकारी गराउने उद्वेश्यका साथ आयोजित कार्यक्रममा ६० जनाको उपस्थिती रहेको थियो । संस्थामा गोरखा सदरमुकामको १ हजार ४० घर परिवारले पानीको धारा जोडेका छन ।
ई सेवा अफिसर बिकास पौडेल र म्यानेजर अभिनास थापाले सहभागीहरुलाई ई सेवाको बिषयमा जानकारी दिनुका साथै एप्स चलाउन सिकाएका थिए ।

खानेपानी महशुर ई सेवा मार्फत गर्दा ग्राहक आफैले एक पटकमा २ रुपैयाँ बढी तिनुपर्ने छ भने बजार प्रतिनिधी मार्फत गर्दा भने ७ रुपैयाँ बढी तिनुपर्ने हुन्छ । आफु जहाँ छ त्यही बाट भुक्तानी गर्न मिल्ने यो सेवा पछि संस्थाले बक्यौता रकम बढी उठने विश्वास गरेको छ ।
अहिले गोरखा बजारमा ई सेवाका २० भन्दा बढी एजेन्टहरुले काम गरी रहेको अफिसर पौडेलले बताए । यो एप्सबाट मोबाई, डिसहोम, बिद्युत महशुलका साथै टेलिफोन, इन्टरनेटका साथै धेरै प्रकारको बिल भुक्तानी गर्न मिल्ने छ ।


