कैलासबावु श्रेष्ठ/गोरखा
असोज ७ गते । चिन संग जोडिएको उत्तरी गोरखाको सिमा अबलोकन गर्ने बहानामा सिडियो सहित सुरक्षा प्रमुखहरु एनजिओको कार्यक्रममा सहभागी हुन सामागाउँ पुगेका छन । सरकारले तयार गरेको आचार संहिता उलघंन गर्दै सिडियो, एसपी र डिएसपी एनजिओको कार्यक्रममा सहभागी हुन उत्तरी गोरखा पुगेका हुन ।
सिआरएस नामक अन्तराष्ट्रिय संस्थाको आर्थिक सहयोगमा जिल्लाको पद्वती बिकास सेवा केन्द्रले गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी उपरिक्षक प्रकाश अधिकारी, राष्ट्रिय अनुसन्धान कार्यालय गोरखाका प्रमुख रजनी घिमिरे सिम्रीकको हेलीकप्टर मार्फत शुक्रबार उत्तरको सामा गएका थिए ।
नेपाल सरकार गृह मन्त्रालयले निर्देशन जारी गर्दै प्रमुख जिल्ला अधिकारीहरुलाई एनजिओ र आईएनजिओ को कुनै पनि कार्यक्रममा सहभागी नहुन भनेको छ । कार्यक्रममा सहभागी हुन गोरखा बजार देखी सामा सम्म पुगेको उनीहरुलाई पद्वतीले राजधानी देखी सिम्रीक एयरको हेलीकप्टर भाडामा लिएर आएको थियो ।
सिमा अबलोकन नाम दिएको उत्त भ्रमण ३ दिन सम्म चल्ने छ । पहिलो दिनमा हेली मार्फत साम्दो पुगेको टोलीलाई स्थायनीले घोडामा राखेर चिन र गोरखाको सिमाना सम्म पुरयाएर सामागाउको एक होटलमा आवासको ब्यवस्था मिलाएको छ । आउदाँ र जादाँ पुरै खर्च सिआरएस मार्फत पद्वतीको हुने गरी मिलाइएको भ्रमणमा नेपाल पत्रकार महासंघमा जिल्ला अध्यक्ष किशोर जंङ्ग थापा सहित पद्वतीका २ जना पनि सहभागी छन ।
३ दिनमा पद्वती नामक संस्थाले निर्माण गर्ने विभिन्न संरचनाको शिलान्यासका साथै उदघाटन र विभिन्न गतिविधीको निरिक्षण हुने पद्वतीका एक कर्मचारीले बताए । उनका अनुसार शुक्रबार सामागाउँ, सनिबार ल्हो र आईतबार प्रोकमा भएका कार्यक्रममा सहभागी भै आईतबार साँझ तिर गोरखा आउने कार्यक्रम तय गरीएको छ ।
सिमा अबलोकनका लागि उत्तरी क्षेत्रमा पुगेको टोलीले पद्वती नामक संस्थाको जिविको पार्जन, सरसफाई लगाएतका कार्यक्रममा सहभागी हुने कार्यालयले पुष्टी गरेको छ ।
सरकारले प्रतिबन्ध लगाएको कार्यक्रममा जान प्रजिअ बस्नेत र प्रहरी उपरिक्षक अधिकारी आफैले आयोजना गरेको कार्यक्रम छाडेर गएका थिए । शुक्रबार सदरमुकाममा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयल गोरखाले आयोजना गरेको ‘प्रहरी टोल टोलमा’ कार्यक्रममा आसन ग्रहण गरे लगत्तै बाहिरीएका थिए ।
कार्यक्रम छाडेर हिडेका उनीहरुका बिषयमा कार्यक्रम हल भित्र विभिन्न टिका टिप्पणी समेत भएको थियो ।


