नरेन्द्र ढकाल/गोरखा
असोज ५ गते । जिल्ला अनुगमन समितिले गोरखा बजारका विभिन्न पसल बाट म्याद गुज्रिएको पेय पदार्थ र सडेको मसला बिक्रि भईरहेको फेला पारेको छ । दशै नजिकिदै गर्दा बजार अनुगमन नभए पछि उपभोक्ता ठगिए भन्ने समाचार गोरखा समाचार दैनिकमा प्रकाशित भएपछि जिल्लाका सरोकारवालाहरुले अनुगमन गरेका थिए । सोही क्रममा जिरा मसला पसलमा सडेको मसला बिक्रि बितरण भईरहेको अवस्थामा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले बताए ।‘बजार अनुगमन भएन भन्ने व्यापाक गुनासो आयो, अनि हामीले एक टोली पठाएर हेर्दा केही अनियमिताहरु पाईएको छ’ उनले भने ।

जिल्ला प्रशासन, कृषि, पशु, गोरखा नगरपालिका, खाद्य सस्थान,जिल्ला जनस्वास्थ्य कार्यालय,प्रहरी,उपभोक्ता अधिकारकर्मी, सञ्चारकर्मी लगायतको टोलीले जिल्ला सदरमुकामको एक दर्जन खाद्यन्न किराना र जिरा मसला पसलमा अनुगमन गरेको हो । सोही क्रममा २ बोरा सडेका फोहोर जिरा र म्याद नाघेको अवस्थामा भेटिएको इस्पाईड, फेन्टा नियन्त्रणमा लिईको अनुगमन टोलीका संयोजक जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत भुमिनन्द सिंखडाले बताए ।

अनुगमनको क्रममा मूल्य सूची, नापतौैलको साधनको अबस्था लगायतको पनि अनुगमन गरिएको थियो । गरैकानूनी रुपमा बेचबिखन भईरहेका सामाग्रीहरुलाई नियन्त्रणमा लिएर व्यावपारीहरुलाई सचेत गराएर छोडिएको सिंखडाले बताए ।

जिल्लामा बजार अनुगमन नभएको भन्ने गुनासो सहितको समाचार प्रकासित भएपछि सरोकारवालाहरुले अनुगमन गरे पनि उपभोक्ताहरुले उक्त काम प्रभावकारी नभएको बताएका छन् । यता सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जनता ठग्ने जो कसैलाई पनि कारवाही गर्ने दाबी गरे ।‘हामी राज्यको कानून उल्लघंन गरी जनता ठग्ने कसैलाई पनि छोड्दैनौ सबै कारवाहीको दायरामा आउँछन’ शर्माले भने ।

बजार अनुगमन जनसुकै बेला पनि हुन सक्ने भएकाले सचेत गराउँदा÷गराउदै अटेर गर्नेहरुलाई सशक्त कारवाही गर्ने प्रशासनको चेतावनी छ । दैनिक उपभोग्य सामाग्रीका बिक्रेता,जिरामसला व्यवसायी, फेन्सी तथा कस्मेटिक व्यवसायीबाट उपभोक्ताहरु दिनुहँ ठगिरहेका छन् । बजार अनुगमन फितलो हुँदा र चाडपर्बका बेला मात्र गरिदाँ बजारमा गैरकानी काम मौलाएको अधिकारकर्मीको चिन्ता छ । बजार अनुगमनलाई अन्य समयमा पनि प्रभावकारी ढङगले कायान्वय गर्न उनीहरुले माग गरेका छन् ।





















