×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखा पुगेर दाहालले भने, ‘बन्दुक देखाएर होइन, जनताको मन जितेर क्रान्ति गर्नुपर्छ’

  •  
  • बिहिबार, असोज ०५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सुदीप कैनी, गोरखा

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको मन जितेर भोट लिन नसक्दा माओवादीले चुनावमा हार व्यर्होनु परेको स्वीकार गरेका छन् ।

    आगामी चुनावको तयारीका लागि कार्यकर्ता प्रशिक्षण गर्न बुधबार सदरमुकाम आएका उनले भने, ‘माओवादीले अब बन्दुक देखाएर होइन, जनताको मन जितेर क्रान्ति गर्नु पर्छ ।’ प्रशिक्षणमा बोल्दै उनले चुनाव जिते मात्र माओवादीले १० वर्षभित्र फेरि अर्का क्रान्तिको नेतृत्व गर्न सक्ने दाबी गरे । उनले भने, ‘नेता कार्यकर्ताको विचार र बानी बिग्रियो, जनता छाडेर ठेकेदारको पछि लागेर चुनाव जितिँदैन रहेछ ।’

    पहिलो संविधान सभामा पहिलो पार्टी भएको माओवादी फुटका कारण अहिले कमजोर बन्दै गएको उनको तर्क थियो । ‘कांग्रेस, एमालेले कुहिएको पिठो बेचेर चुनाव जितेका छन्, हामीले बास्मती धान फलाए पनि चामल बनाएर बेच्न जानेनौं’, उनले भने । देश माओवादीको एजेण्डामा अघि बढे पनि नेतृत्व गर्नबाट आफूहरु चुकेको उनको भनाइ थियो ।

    जनतासँग दुरी बढ्दै गएका कारण चुनावमा हार बेर्होनु परेको उनले बताए । ‘जनयुद्धका बेला जनतासँगै खान्थ्यौं, बस्थ्यौं, अहिले हाम्रो उठबस ठेकेदारसँग बढेको छ, जनयुद्धको बेलाको जस्तो ‘पिओर’ माओवादी भेटिनै छाड्यो ।’ केन्द्रीय नेतादेखि कार्यकर्तासम्म शान्ति प्रक्रियामा आएपछि बिग्रेको उनले बताए । ‘पैसा, मसल र षड्यन्त्रले चुनाव जितिदैन’, उनले भने, ‘जनतासँग सम्बन्ध बढाएर संगठन बनाएपछि मात्रै चुनाव जितिने रहेछ ।’

    चुनाव जित्न सके शान्ति प्रक्रियाबाटै नेपालमा समाजवादी क्रान्ति गर्न सकिने उनले बताए । ‘काठमाडौं कब्जा गर्ने रहर मलाई पुगेको छैन’, भावुक हुँदै उनले भने, ‘६३ वर्षको हुँदा पनि जोश आइरहेको छ ।’ माओवादीको अन्तिम लक्ष्य जनवादी क्रान्ति भएको उनले बताए । ‘हाम्रो लागि शान्ति प्रक्रिया र चुनाव बिसौनी र भर्‍याङ मात्र हो, म जिउँदै हुँदा लक्ष्यमा पुगेर मर्ने चाहना छ ।’ परिवर्तनको स्वामित्व माओवादीले लिन नसकेको दाहालले बताए ।

    प्रशिक्षणको अधिकांश समय चुनाव लक्षित भाषण गरेका दाहालले जनताले माओवादीलाई भोट दिए पनि परिणाम ल्याउन नसकेको बताए । ‘जनतासम्म पुगेर फेरि संगठन बलियो बनाउन सक्यौं भने सजिलै माओवादी पहिलो पार्टी हुन्छ’, दाहालले भने । पार्टी बचाउन व्यक्तिगत स्वार्थ त्याग्न उनले कार्यकर्तालाई आग्रह गरेका थिए । ‘हिजो जनयुद्धमा मार्न, मर्न तयार भएका कमरेडहरु अहिले मन्त्री, सांसद हुन नपाउँदा अनुहार नै हँसिलो हुँदैन’, उनले भने, ‘पार्टीगत स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हाबी हुँदा माओवादी बिग्रियो ।’

    कार्यकर्ता प्रशिक्षण गर्न माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, देव गुरुङ जिल्ला आएका थिए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज ०५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.