कैलासबावु श्रेष्ठ/गोरखा
अशोज ५ गते । आसन्त प्रदेश र प्रतिनिधी सभा निर्वाचनको लागि नेकपा माओवादीका शिर्ष नेताहरु गोरखामा भेला भएका छन । माओबादी अध्यक्ष पुष कमल दाहाल ‘प्रचण्ड’ सहित नारायणकाजी श्रेष्ठ, राम बहादुर थापा, देव गुरुङ, देवेन्द्र पौडेल जस्ता नेताहरु गोरखामा भेला भएका छन ।

जिल्लामा आएका सबै नेताहरुले गोरखा जिल्लाका कार्यकताहरु संग सुझाब संकलन गरी केन्द्र लाने तयारीका साथ जिल्ला आएको माओवादीका एक जिल्ला स्तरीय नेताले जानकारी दिए । बुधबार बिहान प्रेस सेन्टर गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले ‘गोरखा माओवादी आन्दोलनको महत्वपुर्ण ठाउँ हो । आसन्न निर्वाचनका तयारीमा यहाँका कार्यकताहरुको सुझाव संकलनका लागि हामी आएका हौ’ भने ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले आसन्न निर्वाचनमा नयाँ शक्ति बाहेक जो कोही संग पनि तालमेल हुन सक्ने बताए । प्रचण्डले ठट्यौली पारामा नयाँ शक्तिसंग तामेल गर्ने भए डा.बावुराम भट्टराईले आफ्नो उम्मेदवारी छाडनुपर्ने बताए ।
प्रचण्डले पत्रकार सम्मेलनमा आसन्न निर्वाचनमा माओबादीले कार्यकारी प्रमुखको नारा लिएर जनता माझ जाने भन्दै उक्त कुराको बारेमा अन्य दलहरु सँग पनि छलफल भईरहेको बताए । ‘कार्यकारी प्रमुख नहुँदा देश अस्थिर भयो, सरकार परिर्वतन भईरहने, दिर्घकालिन काम भन्दा कामकाजीका कुरा बढी भएकाले यसलाई जनमत बाटै परिवर्तन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो’ अध्यक्ष प्रचण्डले भने ।
अध्यक्ष प्रचण्ड सहित आएको केन्द्रिय टोलीले आजै गोरखा नगरपालिका वडा नम्बर १२ मा आयोजित कार्यकता प्रशिक्षण कार्यक्रममा सहभागीहरुबाट सुझाब संकलनका साथै आ–आफ्ना धारणा राख्ने कार्यक्रम तय भएको छ ।

माओवादी केन्द्रका शीर्ष नेताहरुले गोरखा नगरपालिका वडा नम्बर १२ मा हुने बन्द प्रशिक्षणमा जिल्लाका झण्डै ५ सय कार्यकतालाई प्रशिक्षण दिने कार्यक्रम छ । प्रशिक्षणमा माओवादी केन्द्रका अगवा कार्यकता बाहेक अरुलाई प्रवेश निषेध गरिएको छ ।

यसै बिच बुधबार नै जिल्ला भित्र रहेको सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुखहरुलाई जिल्ला समन्वय समितिमा निर्देशन दिदै जनताले महशुस गर्ने गरी काम गरेर देखाउन भने । ‘राजनैतिक परिवर्तन भएको पनि धेरै भयो । अब जनताले परिवर्तनको महशुस गर्ने गरी काम गर्न’ अध्यक्ष प्रचण्डले भने ।



