×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २४ मिनेट अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४७ मिनेट अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ५६ मिनेट अघि

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २० घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

व्यापारीको मनोमानी बढेको उपभोक्ताको गुनासो

  •  
  • बुधबार, असोज ०४, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • दशै नजिकिदै गर्दा पनि बजार अनुगमन भएन्

    नरेन्द्र ढकाल/गोरखा
    असोज ४ गते । बजार अनुगमन नहुँदा उपभोक्ताहरु मारमा परेको गुनासो आएको छ । हरेक वर्ष दशै तिहार जस्ता ठुला चाडपर्वका बेला अनुगमन गरे जस्तो गरिए पनि यस वर्ष सरोकारवाला निकायको ध्यान नपुग्दा उपभोक्ताहरु ठगिएका हुन् ।‘पसलै पिच्छे सामानको भाउ फरक छ, जस्ले जतिमा बेचे पनि कारवाही भएको छैन, खै त अनुगमन गरिएको ?’ गोरखा बजारको जिरा मसला पसलमा भेटिएका पालुङटारका विष्णुहरी देवकोटाले भने । दशै नजिकिदै गर्दा बजारमा उपभोक्ताहरुको चाप बढेपछि व्यापारीहरुले मनोमानी गरेका हुन् । जिरा, मसला, दैनिक उपभोग्य सामाग्री बेच्ने किराना पसल, फेन्सी पसल, कस्मेटिक पसलहरुमा मनपरी भाउ रहेकाले उपभोक्ता ठगिएका हुन् ।‘न खोजे जस्तो समान पाइन्छ, पाइहाल्यो भने पसलै पिच्छे भाउ फरक छ’ सिरानचोक ५ छोप्राककी सबिता घिमिरेले भनिन् । एउटै गुणस्तर र उही कम्पनीको सामान पनि पसल पिच्छे भाउ फरक परेको उपभोक्ताको गुनासो छ । तेल, चिनी, मसलाको भाउ हरेक पसलमा १० देखि ३० रुपयाँ सम्म फरक पर्ने गरेको हरमटारीमा भेटिएका सुक बहादुर गुरुङले भने ।‘गाउँमा भन्दा यहाँ सस्तो होला भनेर किन्न आको एउटा पसलमा गयो एउटा भाउ छ अर्कोमा त्यही मालको अर्कै भाउ छ राम्रो नराम्रो केही छुट्याउन सकिएन’ गुरुङले भने ।
    केही दिन यता दशैको लागि सामान्न किन्न उपभोक्ताहरु बजारमा ओइरेपछि ठगिने क्रम पनि बढेको गुनासो आएको छ । तर दशै भेड्किसक्दा समेत बजार अनुगनका लागि सरोकारवालाहरुले चासो देखाएका छैन् ।‘अनुमन त नियमित गर्नुपछ चाडपर्वेका बेला झनै प्रभावकारी अनुगन आवश्यक छ तर प्रयाप्त अनुगमन हुन सकेको छैन्’ उपभोक्ता हक हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष किशोरजंग थापाले भने । जिल्लामा बजार अनुगमनको काम प्रभावकारी नभएको सरोकारवालाहरुले नै स्वीकार गरिरहेका छन् । उद्योग बाणिज्य सघंले पनि उक्त कुराहरुलाई गम्भिर रुपमा नलिएको संघकै एक सदस्यले गोरखा समाचारको कुराकानीमा भने । ‘सक्नेले जे पनि गरिरहेका छन्, सानालाई ऐन ठुलालाई चैन जस्तो भएको छ’ उनले आक्रोश पोखे । अहिले गोरखा सदरमुकामका व्यापारी व्यवसायीको पसलमा मुल्य सुची समेत नभएको उपभोक्ताको गुनासो छ । उद्योग वाणिज्यको पहलमा पसलमा मुल्य सुचि टाँस गर्ने गरिएको भए पनि यसवर्ष अपडेट भएको छैन् ।
    यता अनुगमन गर्ने मुख्य निकाय जिल्ला प्रशासन कार्यालयले सुक्ष्म रुपमा अध्यायन गरिएको बताएको छ ।‘जुनसुकै बेला अनुगमन गर्न सक्छौ, नियम उलंघन नगर्नुस भनेर बारम्बार चेतावनी दिइरहेका छौ’ सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले भने । राज्यको निति नियम र उपभोक्ता अधिकारलाई वेवास्ता गरेर मनपनी गरेको भेटिए कडा कारवाही गर्ने उनले बताए । मुल्य सुचि नराख्ने,मनपरी मुल्यमा बेच्ने, ढक तराजु मिलाएर ठग्ने जस्ता कसुर गरेको भेटिए काला बजारी ऐन अन्तरगर्त कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज ०४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
    नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ६. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ७. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.