गोरखा समाचारदाता
असोज २ गते । नेपाल कम्न्युष्ट पार्टीका कार्यकताले जिल्ला जनस्वास्थ्य कार्यालयमा छापामा मारेका छन् । जनस्वास्थले स्टोरमा औषधी कुहाएर जनतालाई उपलब्ध नगराएको भन्दै उनीहरुले गोदाम पुगेर छापा मारका हुन् ।‘जनताले औषधी नपाए मर्नुपर्ने स्वास्थ्यको गोदाममा लाखौं मुल्यको औषधी सडेर जाने ? यो कहाँ सम्मको गैरजिम्वारी पन हो’ नेपाल कम्न्युष्टि पार्टीका जिल्ला सेक्रेटरी गोपाल पाण्डेले भने । जनस्वास्थ्यमा म्याद गुज्रिएको औषधी रहेको तर जनताले नपाएको भन्दै उक्त कुरा भण्डाफोर गरिएको उनको दाबी छ ।
पार्टीको पुर्व घोषित कार्यक्रम अनुसार नै जनस्वास्थ्य कार्यालयमा पुगेर उक्त घटना बाहिर ल्याएको भन्दै पाण्डेले उक्त औषधीको म्याद सकिनुमा ठुलो आर्थिक चलखेल भएको बताए । धेरै छुटमा म्याद गुज्रिन लागेको औषधी जिल्ला ल्याउने र स्टोरमा थनक्याएर स्वास्थ्य चौकीहरुमा औषधी नपु¥याउने गरेको उनको आरोप छ ‘यहाँ ठुलो कमिसनको कुरा छ, जनताका नाम ठगी भएको छ,हामीले त्यही कुराको भण्डाफोर गरेका हौं ।’
यता जिल्ला स्वास्थ्य कार्यालयले भने चन्दा नदिएका कारण बिरोध स्वरुप उक्त कार्य गरेको आरोप लगाएको छ । स्वास्थ्य कार्यालयमा केही म्याद गुज्रिएको औषधी हुनु स्वभाविक भएको भन्दै स्वास्थ्य प्रमुख केदारराज पराजुलीले आफूहरु नष्टको प्रक्रियामा रहेको दाबी गरे । ‘जिल्ला भरी औषधी व्यवस्थापन गर्दा स्टोरमा केही औषधीको म्याद सकिएको भेटिनु स्वाभाविक हो, अरु कुराकै बारगेर्लिङका लागि यो कार्य भएको देखिन्छ’ पराजुलीले भने । उक्त औषधी नष्ट गर्ने कानूनी समस्या र प्रक्रियाका कारण स्टोरमा थन्क्याएर राख्नुपर्ने बाध्यता रहेको उनको दाबी छ ।
विप्लप नेतृत्वको उक्त पार्टीले जिल्लाका सबै सरकारी कार्यालय, गाउँ तथा नगरपालिका र वडा कार्यालय सम्म चन्दाको माग गर्दै पत्र पठाएको छ । कार्र्यालयहरुले चन्दा दिन आनाकानी गरेपछि स्वास्थ्य कार्यालय तारोमा परेको सरकारी कार्यालयका केही प्रमुखले बताएका छन ।यता प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले चन्दा आतंक बढेको भन्दै धम्काउने, थर्काउने गरेमा तत्काल जानकारी गराउन कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । विप्लपका कार्यकताहरुको गतिविधी बढेपछि उनीहरु माथि निग्रानी समेत बढाइएको सुरक्षा स्रोतले बताएको छ ।
यदी कतै जर्बरजस्ती चन्दा संकलन भएको सुचना आए तत्काल प्रकाउ गर्न प्रहरीलाई निर्देशन समेत दिईएको छ । उनीहरुको खोजी कार्य समेत भईरहेको छ ।


